पाँचथरमा पशु विकास कार्यक्रमका लागि ५ करोड वढिको कार्यक्रम

Posted on: 29 Oct, 2016

कार्तिक १३, पाँचथर | जिल्ला पशु सेवा कार्यालय पाँचथरले आर्थिक वर्ष ०७३/०७४ मा  रु ५ करोड वढिको पशु विकास कार्यक्रम संचालन गर्ने भएको छ । कार्यालय प्रमुख वरिष्ठ पशु अधिकृत मोगलप्रसाद शाहले निक्षेपीत वजेट रु ४ करोड २९ लाख १७ हजार र केन्द्रिय वजेट सहित रु ५ करोड २१ लाख ९९ हजार वरावरको वजेट रहेको जानकारी गराउनुभयो ।

कार्यालयले पाँचथरको पशु सेवा केन्द्र मेमेङ अन्तर्गतका गाविसहरुमा चौरि तथा भेडिगोठ विकास कार्यक्रम संचालन गर्ने जनाएको छ । जस अन्तर्गत ७ लाख ५१ हजार बजेट बिनियोजन भएको जनाइएको छ । जैविक विविधता संरक्षण र संवर्धन कार्यक्रममा ठूलो परिणममा वजेट विनियोजन गरिएको छ । जसमा चौरी गोठहरुको आधारभूत सर्वेक्षण सहित समुह गठन, घुम्ति गोठ व्यवस्थापन, चरि चरन विकास, गोठ सुधार र परजिवि नियन्त्रणका कार्यक्रमहरु रहेको कार्यालयले जनाएको छ ।

कार्यालयले चालु आर्थिक वर्षमा भवन निर्माण अन्तर्गत २ करोड, कार्यलयको व्यवस्थापन मेशिनरी सामाग्रीहरुको खरिदमा ६ लाख, दुग्ध तथा दुग्ध पदार्थमा आत्मनिर्भर कार्यक्रममा २ लखा ५२ हजार, पशु आहारा विकास कार्यक्रममा ४ लाख ५० हजार, व्यवसायीक फर्म प्रवद्र्धन कार्यक्रमलाई ९ लाख ५० हजार, पशु प्रजनन् सेवा कार्यक्रमको लागि १० लाख ७५ हजार, पशुपंक्षि वजार प्रवर्धन कार्यक्रमलाई ३ लाख १६ हजार, पशु स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत २ लाख १० हजार, रोग निदान सेवामा एक लाख ९० हजार, क्षेत्रीय तथा कृषक स्तरका विभिन्न तालिमहरुमा एक लाख ५३ हजार सहित वजेट विनियोजन गरेको कार्यलय प्रमुख शाहले वताउनु भएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!