नवलपरासीको बर्दघाटमा कृषि, पर्यटन र औद्योगिक प्रद्र्धनका लागि मेला

Posted on: 08 Nov, 2016

कात्तिक २३, परासी । नवलपरासीको बर्दघाटमा हुन लागेको प्रथम बर्दघाट महोत्सव एवं कृषि, पर्यटन, औद्योगिक ब्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । कार्तिक २५ गतेदेखि मंसिरको ५ गते सम्म संचालन हुने औद्योगिक व्यपार मेलाको तयारी तिब्र रुपमा अगाडी बढदै गएको छ । 

 ‘कृषी, पर्यटन, उद्योग र ब्यापार, राष्ट्र निमार्णको आधार’ भन्ने मुल नाराका साथ आयोजना गरीएको मेलामा कृषि पर्यटन र उद्योग व्यपारलाई प्रद्र्धन गर्ने उद्देश्यले यो मेलाको आयोजना गरिएको बर्दघाट नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं मेला मुल समितिका संयोजक मिनराज शर्माले बताउनु भयो । शर्माका अनुसार मेलामा जिल्लाका एतिहासिक एवं धार्मिक पर्यटयिक स्थलहरुको व्यापक प्रचार प्रचार, कृषि उपज, र आद्योगिक उत्पादनहरुलाई राष्ट्रिय तथा अन्तराष्टि बजार सम्म पहिचान गराउने मेलाको लक्ष्य रहेको बताउनु भयो । 

बर्दघाट–२ चिसापानीको ढिंडारीफांटमा संचालन गर्न लागिएको मेलामा सुचना पं्रविधि (आईटी,) कृषि, पर्यटन, बाल उद्यान र स्थानिय तथा राष्ट्रि कला सांस्कृति, डुंगा सफारी, दाउन्नेदेवी, त्रिवेणीधाम, लुम्बिी समेतका धार्मिक स्थलहरुको भ्रमण अवलोक गराउने लगायत मेलाको मुख्य आकर्षण रहने संघले जनाएको छ । 

मेलामा तयारी पोशाक, जुत्ता र छालाजन्य उत्पादन, हस्तकला, घरायसी उपभोगका सामान, फर्निचर, निर्माण समाग्रीहरु, खाद्य परीकार, खेलौना, अटोमोबाईल, औषधी जन्य सामाग्री, सेनेटरी वेयर, कृषि औजार तथा समाग्री, कृषि उत्पादन, पर्यटन र सूचना केन्द्र एवं प्रबद्र्धनका गरि २ सय स्टलहरु रहेन संघले जनाएको छ । 

संघले मेला संचालन गर्दा करिव १२ लाख खर्च हुने जानकारी दिदै मेलाले करिब १ करोडको कारोवार गर्ने लक्ष्य लिएको बताएको छ । मेलामा स्थानिय तथा बाह्य दर्शक गरि करिब २ लाख दर्शकले मेला अवलोक गर्ने संघको अनुमान छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!