म्याग्दीमा उनन्चालीस हजार मेट्रिक टन खाद्यान्न उत्पादन

Posted on: 11 Nov, 2016

कार्तिक २६, म्याग्दी । जिल्लाको १९ हजार ७५५ हेक्टर खेतीयोग्य जमिनमा वार्षिक ३९ हजार ६६७ मेट्रिक टन अन्नबाली उत्पादन भइरहेको छ । 

विसं २०६८ को जनगणना अनुसार जिल्लाको जनसङ्ख्या एक लाख १३ हजार ६०० रहेको छ । जिल्लालाई आवश्यक पर्ने २२ हजार ८४१ मेट्रिक टन खाद्यान्न जिल्लामै उत्पादन भइरहेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो । 

“वार्षिक सोह्र ८०० मेट्रिक टन खाद्यान्न बिक्री हँुदै आएको छ,” उहाँले भन्नुभयो । कृषि विकास कार्यालयको तथ्याङ्कले जिल्ला खाद्यान्नमा आत्मनिर्भर रहेको देखाएको छ । तर बाहिरी जिल्लाबाट चामल, दाल, गेडागुडीलगायतका खाद्यान्न वार्षिक रुपमा ठूलो परिमाणमा आयात हुने गरेको छ । 

कोदो, मकै, जौ लगायतका खाद्यान्नको प्रयोग जिल्लाका बासिन्दाले न्यून रुपमा गर्ने गरेका कार्यालयकी योजना अधिकृत ज्योति क्षत्री बताउनुहुन्छ । आव २०७२÷७३ मा तीन हजार ८९७ हेक्टर क्षेत्रफलमा सात हजार ५५९ मेट्रिक टन धान, तीन हजार ६२ हेक्टरमा पाँच हजार १९२ मेट्रिक टन गहुँ तथा नौ हजार ८७२ हेक्टरमा २६ हजार ८१३ मेट्रिक टन मकै उत्पादन भएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!