संयुक्त पुर्जाको लागि मञ्चले सघाउने

Posted on: 15 Nov, 2016

प्रभात सुवेदी । कार्तिक ३०, बर्दिया ।

आधा पुरुष आधा नारी, जमिनमा हक बराबरी भन्ने नाराका साथ संयुक्त पुर्जा निर्माणमा सचेतीकरण गर्न आज सदरमुकाम गुलरियामा संयुक्त पुर्जा जिल्ला सञ्जालको बैठक बसेको छ ।


बैठकले श्रीमान र श्रीमतीको नाममा संयुक्त जग्गाधनी पुर्जा बनाई जिम्मेवारी बाँडफाँड गर्न र यसका लगि सचेतना अभिवृद्धिका लागि बैठक सम्पन्न गरिएको हो ।

संयुक्त पुर्जा निर्माण गर्न ईच्छुक जोडीहरुलाई आवश्यक आर्थिक सहयोगका लागि जिल्ला भूमिअधिकार मञ्च बर्दियामा सिफारिस गर्ने निर्णय गर्दै बैठक सम्पन्न गरिएको जनाइएको छ । 

बैठक महिला तथा बालबालिका कार्यालय बर्दियाका प्रमुख गिरा कुमारी वस्नेतको प्रमुख आतिथ्यमा र मञ्चका अध्यक्ष केश बहादुर वि.क. को अध्यक्षतामा सम्पन्न गरिएको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!