नवलपरासीमा बादाम खेतीमा १० प्रतिशतले ह्रास: किसान चिन्तित

Posted on: 18 Nov, 2016

मंसिर ३, परासी । मौशम प्रतिकुलका कारण यसवर्ष बदाम खेतीमा करिब १० प्रतिशतले हस हुने देखिएको  छ । बदाम खेतिका लागि यसवर्ष मौसन प्रतिकुल र बढि पानी, किरा फट्यान्ग्राको प्रकोपले बदामा हस आएको हो । 

लामो समयदेखि जिल्लाको गण्डकक्षेत्र गुठीपर्सौनी, गुठिसुर्यपुरा, कुडिया, पक्लिहवा, नर्सही, त्रिवेणी लगायतका सुक्का क्षेत्रमा गरि ९२ हेक्टेयर क्षेत्रफलमा बादाम खेती हुदै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गतवर्ष बादाम खेतीबाट एक सय ३८ मेट्रिक टन बादाम उत्पाद भएको थियो भने यसवर्ष मौसम प्रतिकुलका कारण १० प्रतिशतले उत्पादन घटने कार्यालयको अनुमान रहेको बताएका छ ।  

जिल्लामा बिफोर, जनक र ज्यन्ती, उन्नत जातका बादामको खेती गरिदै आइएको छ । प्रति किलो १ सय १० रुपिया बादामको मुख्य बाजार चितवन, बुटबल, नारायणघाट, पोखरा संगै स्थानिय बजारहरु समेत रहेकोे गुठीपर्साैनी ७ पिपरपातीका कृषक युवराज मौर्यले बताउनु भयो । विगत ५ वर्षदेखि बादाम खेती गर्दै आएका मार्यले समयमा पानी नपर्ने किराको प्रकोप बढने, बढि बेतुक पानी पर्ने र कृषकलाई प्राविधिक ज्ञान नभएको कारणले बादाममा हस देखिएको बताउनु भयो ।  

जेष्ठ महिनाबाट सुरुहुने बादाम खेती ४ महिनामै तयार हुने गर्दछ । बादाम खेतीका लागि गण्डक क्षेत्रका जमिनहरु उत्तम मानिन्छ । उखुभन्दा कम लगानी र थोरै समयमा बढि मुनाफा दिने बादाम खेती यस गण्डक क्षेत्रमा लोकप्रिय बन्दै गएपनि कृषकलाई यस खेतीबारे बैज्ञानिक प्रविधिका ज्ञान तथा परामर्श नपाउने र सिंचाईको उचित व्यवस्था नरहेको कृषकहरुले गुनासो गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!