अधिवक्ता रेग्मीको नेतृत्वमा नेपाल मानव अधिकार गठन

Posted on: 27 Nov, 2016

मंसिर १२ पर्वत ।मानव अधिकारको क्षेत्रमा लामो समय देखि क्रियाशिल संस्था नेपाल मानब अधिकार संगठन जिल्ला शाखा पर्वतको अध्यक्षमा अधिबक्ता हरीनारायण रेग्मी चयन भएका छन् ।
     पश्चिमाञ्चल क्षेत्रिय संयोजक नरेन्द्र बास्तोलाको प्रमुख आतिथ्यतामा बसन्त बहादुर सिकेको अध्यक्षतामा सम्पन्न भेलाले रेग्मीलाई अध्यक्षमा चयन गरेको हो ।
    लामो समय देखि कानुन ब्यावसायीको रुपमा कृयाशिल रहेका अधिबक्ता रेग्मी सहित नेपाल मानब अधिकार संगठन जिल्ला शाखा पर्वतको ११ सदस्य रहेको छ । जसको उपाध्यक्षमा केदारनाथ आचार्य, सचिव माधव प्रसाद पौडेल, सहसचिव कामना रेग्मी, कोषाध्यक्ष जगत सापकोटा, सदस्यहरुमा बिनोद सुवेदी, रामकृष्ण रेग्मी, अच्युत तिवारी, बिमल प्रसाद शर्मा पौडेल, शान्ति शर्मा कुमाल र मुना शमा लामिछाने रहेका छन् ।
    त्यस्तै संस्थाले ४ सदस्य सल्लाहाकार समिति पनि चयन गरेको छ जसमा बसन्त बहादुर सिके, द्रोणराज उपाध्याय, पृथ्वी नारायण शर्मा र कुल प्रसाद उपाध्याय रहेका छन् ।
भेला प्रश्चात आयोजना गरिएको पत्रकार सम्मलेनमा बोल्दै नवनिर्वाचित अध्यक्ष हरीनारायण  रेग्मीले मानव अधिकारको लागि      निरन्तर संघर्ष गर्नु र आमनागरीकमा मानव अधिकारको प्रत्याभुतीको लागि लाग्नु आफ्हरुको उद्येश्य रहेको बताए ।
    रेग्मीले नेपाल मानब अधिकार संगठन पञ्चायत कालमा जनताको आवाज सुनिनुपर्छ भनेर जन्मीएको स्मरण गर्दै भने हामी      फेरी आम नागरीकको अधिकारको लागि संघर्ष गर्नको लागि र दवाव श्रृजना गर्न जन्मिएका होऔं भन्दै अब पर्वतमा मानव अधिकारको क्षेत्रमा नयाँ रुपमा काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!