स्वास्थ्य मन्त्रालयको टोली द्धारा उप क्षेत्रीय अस्पताल डडेल्धुराको अनुगमन

Posted on: 28 Nov, 2016

ललित बोहरा/१३ मंसिर डडेल्धुरा  । स्वास्थ्य मन्त्रालय वाट आएको एक टोलीले उप क्षेत्रीय अस्पताल डडेल्धुराको अनुगमन गरेको छ । देश भरीका अस्पताल अनुगमनका क्रममा डडेल्धुरा पुगेको उक्त टोलीले उप क्षेत्रीय अस्पताल डडेल्धुराको अनुगमन गरेको हो। अनुगमनका क्रममा उप क्षेत्रीय अस्पताल डडेल्धुराले दिदै आएको सेवा सुविधा सहित अस्पतालको अवस्था,सरसफाई,उपकरणको अवस्थाका वारेमा निरिक्षण गरेको अनुगमन टोलीका प्रमुख डा. रमेश कोईराला ले वताउनु भयो । देशभरीकै अस्पताल मध्ये उप क्षेत्रीय अस्पतालमा सरसफाई देखी अस्पतालका डाक्टरहरुको काम सन्तोजनक रहेको समेत डा. कोईरालाले वताउनु भयो । हाल उप क्षेत्रीय अस्पताल डडेल्धुरामा दुई जना एमडिजिपि डाक्टर रहेको र थप दुई जना सर्जन, एक जना गाईनो ,हड्डी  २ जना ,र एक जना वालरोग विशेषज्ञ डाक्टर पठाउने टोलीले आश्वासन दिएको उप क्षेत्रीय अस्पताल डडेल्धुराका अध्यक्ष लक्ष्मण सिहले वताउनु भयो । टोलीमा स्वास्थ्य मन्त्रालयका ससह सचिव,उप सचिवको समेत सहभागिता रहेको  थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!