बुधबारबाट हाँसेकाटे वन १५ दिनका खुलाउने निर्णय

Posted on: 29 Nov, 2016

खकेन्द्र केसी, मसिंर १४, सल्यान । राप्ती अञ्चलको सबैभन्दा धेरै सुन्तला उत्पादन हुने सल्यानको कोटमौला र दमाचौर त्यसैगरी सबैभन्दा धेरै स्याऊ उत्पादन हुने रोल्पाको जिनाबाङ गा।वि।स।का किसानहरुले खेतीको लागी सधै प्राङगारीक मलमा निर्भर रहने गर्दछन । 

 उक्त प्राङगारीक मलको लागी सधै उपयोग गर्दै आएको हाँसेकाटे जङगल बर्षमा दुई पटक खुल्ने र अन्य समयमा बन्द हुने गर्दछ ।  तिन गाविसका बासीन्दाहरु लाभाम्वीत हुने उक्त वन व्यवस्थापन समितीको सोमबार बसेको बैठकले १५ गते देखी ३० गते सम्म वन खोल्ने निर्णय गरेको वन पाले मोहोनलाल खत्रिले जानकारी दिएका छन ।

पुर्वी उत्तर भागमा चैतेकाफल खोला, दक्षिणमा शिद्धचुली र पश्चिममा किलोहान्ने को बिचमा पर्ने उक्त वनमा करिव ८०० घरपरिवारले प्रयोग गर्दै आएको वन व्यवस्थापन समितीका अध्यक्ष निमबहादुर केसीले बताएको त्यहाँबाट खिमलाल केसीले जानकारी दिएका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!