डडेल्धुराका यूवाहरुद्धारा व्यावसायिक च्याउ खेतीको सुरुवात

Posted on: 29 Nov, 2016

ललित बोहरा/१४ मंसिर डडेल्धुरा । डडेल्धुराको बजार मागलाई मध्यनजर गरी डडेल्धुरामा नै पहिलोपटक व्यावसायिक रूपमा एक युवा समूहले आधुनिक च्याउ खेतीको सुरुवात गरेका छन । डडेल्धुरा जिल्ला सदरमुकाम नजिकै आधुनिक प्रविधिबाट परालका चारवटा छाप्रो निर्माण गरि दैनिक सय किलोसम्म च्याउ बिक्री गर्ने लक्ष्यका साथ च्याउको व्यवसाय सुरु गरेको च्याउ खेती व्यवसायी तिलक हमालले जानकारी दिएका छन । डडेल्धुरा जिल्लामा च्याउको बढ्दो मागलाई र बजार क्षेत्रलाई हेरी करिब ५ लाखको लगानीमा पहिलोपटक व्यावसायिक रूपले च्याउ खेती सुरु गरेको व्यवसायी हमालले बताएका हुन । डडेल्धुरालाई मात्रै नभई नजिकका छिमेकी जिल्ला बझाङ, बैतडी, डोटी र कैलालीमा समेत च्याउ बिक्री गर्ने उद्देश्यका साथ ३ जनाको संयुक्त लगानीमा समूह निर्माण गरी च्याउ व्यवसायतर्फ लागेको अर्का व्यवसायी केशव महताले बताएका छन । कम लगानी र थोरै परिश्रममा राम्रो आम्दानी लिन सकिने भएकाले च्याउ खेतीतर्फ आकर्षित भएको महताको भनाई छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!