डडेल्धुरा लगायत सुदूरपश्चिमका युवा काम खोज्न भारत तथा तेस्रो मुलुक पस्दै

Posted on: 03 Dec, 2016

ध्रुब बिष्ट, १८ मंसिर  डडेल्धुरा । डडेल्धुरा लगायत सुदूरपश्चिमको पहाडी जिल्लाहरुका युवाहरु काम खोज्नका लागि धमाधम भारत लगायत तेस्रो मुलुक जान थालेका छन । दशै तिहार तथा गाँउघरमा हुने मेला पर्व मनाउन घर पुगेका युवाहरु पछिल्लो समयमा फेरी कामका लागि भारत लगायत तेस्रो मुलुक जान थालेका हुन । हिँउदको समयमा गाँउघरमा खासै काम नहुने तथा गाँउघरमा रोजगारी मुलक काम पनि नपाउने गरेका कारण भारतमा काम खोज्नका लागि जान लागेको बिदेशिने युवाहरुको भनाई छ । करिब १६ देखी ४० बर्ष उमेर समूहका युवाहरु कामका लागि भारतका बिभिन्न शहरमा जान थालेका हुन । यस क्षेत्रका स्थानियहरु भारतका बिभिन्न शहरहरु दिल्लि, व्याङ्गलोर, बम्बै, पन्जाब, पुणे, गुजरात, हिमाञ्चल, सिम्ला, हलद्धानी, लगायतका अन्य ठाँउहरुमा गएर काम गर्ने गर्दछन । यस्तै तेस्रो मुलुक जाने युवाहरु प्राय साउदी अरेबिया, कतार, मलेसिया लगायतका बिभिन्न देशहरुमा जाने गर्दछन । बाबु बाजे देखि कमाईका लागी भारतका बिभिन्न क्षेत्रमा जाने अधिकाँश युवाहरु राम्रो कमाई हुने आसाले भारतलाई छोड्दै खाडि मुलुकका देशहरुमा समेत जान थाले पछि अहिले गाँउघरनै सुनसान हुन थालेका छन । पढेका सर्टिफिकेटहरुले कतै जागिर नपाएको र केहि ब्यापार ब्यबसाय गरौ भने आफु संग रकम पनि नभएको भन्दै बाध्यताले बिदेशिनु परेको कतिपय युवाहरुको गुनासो छ । बेरोजगारकै कारण युवा हरु दिनानुदिन बिदेशिन थाले पछि अहिले गाँउ घरमा कोहि मर्दा पनि घाटमा लिने युवानै छैनन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!