खेतमा लागाइएको आलुु दुम्सीबाट जोगाउन किसानहरुलाई समस्या

Posted on: 10 Dec, 2016

मङ्सिर २५, दार्चुला | साना तथा मझौला कृषक आयस्तर आयोजना रीज्म एफपीको आर्थिक सहयोगमा दार्चुलाको शंकरपुर गाविस वडा नम्बर २ खोलीचौराका किसानहरुले लगाएको आलु दुम्सीले खान थालेको छ ।

झण्डै १० हेक्टरमा लागाइएको आलु राती दुम्सी आएर खान थालेपछि किसान चिन्तीत बनेका छन् । चिसोको मौसममा पहरो दिन पनि समस्या भएकाले सोचेजस्तो आलु उत्पादन गर्न नसकिने शंकरपुरका किसान दिलिपसिँह धामीले बताउनुभयो ।

ठुलो लगानी लगाएर गरिएको आलु खेती दुम्सीले सखाप पार्न थालेपछि त्यस क्षेत्रका किसानहरु चिन्तित बनेका छन् । रिज्म एफपीको र किसानहरुको गरी जम्मा २५ लाख बराबरको आलु विउ खरिद गरी खोलीचौराका २८ घरपरिवारले आलुखेती गरेका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!