बगरमा तरकारी खेती शुरु

Posted on: 22 Dec, 2016


सुरेश भट्ट/पूस ७, कञ्चनपुर । कञ्चनपुरका विभिन्न नदीनाला खोलाहरुका बगरमा तरकारी खेती शुरु गरिएको छ ।

बर्र्षातका बेला आएको बाढि बाट उव्जाउ जमिनलाइृ कटान गरी बनाएको बगरमा कञ्चनपुरका कृषकहरुले अहिले तरकारी लगाउन सुरु गरेका छन ।

कञ्चनपुरका स्थानिय तथा भारतीय नागरिकहरुले जिल्लाकै दोस्रो ठुलो नदि दोदा, जोगबुडा, सुनबरा, स्याली, बनहरा, चौधर, झर्नाखोला लगायतका नदिमा बगरखेती गरिरहेका छन् । 

बगर खेतीबाट राम्रो आम्दानी हुने भएपछि आफुहरु बगरको तरकारी खेती तर्फ आकर्षित भएका कृषक बताउछन ।

बगरमा लौका, काक्र्रा, करेला, फर्सी, तरभुजा, बोडी, भेडी खुर्सानी लगायतको तरकारी खेती गरीने गरिएको छ ।

हाल जिल्लाभरीमा १सय ५० देखि २ सय हेक्टर बगरमा तरकारी खेती गरिएको जिल्लामा करिव २ सयको हाराहारीमा स्थानिय किसान हरु ले प्रतेकवर्ष हिउदमा बगरखेती गर्ने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

चैत्रदेखि असार सम्म बिक्रि गर्नका लागि हिँउदमा तरकारी खेती शुरु गर्ने गरिएको र बगरको जमिन सदुउपयोग गरेर यहाँका स्थानियहरुले राम्रो आम्दानी गरेको जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका बरिष्ठ कृषि विकास अधिकृत यज्ञ राज जोशीले बताउनु भयो ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!