डडेल्धुराको तुफानडाँडा चोकमा सार्बजनीक सौचालय निर्माण गर्न पहल गरिने

Posted on: 26 Dec, 2016

ललित बोहरा । पुष ११डडेल्धुरा ।  राजनीतीक बिवाद भनीको डडेल्धुराको तुफानडाँडा चोकमा सार्बजनीक सौचालय निर्माण गर्न पहल गरीने भएको छ ।  जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितीसंग अमरगढी नगरपालीको क्षेत्र भित्र सार्वजनीक सौचालय निर्माण गर्ने बजेट रहेको र सार्बजनीक जमीन नहुदाँ समस्या भएको जनाइएको छ । चार बर्ष पहिले निर्माण समीती गठन गरी तुफानडाँडामा रहेको सार्वजनीक स्थानमा सौचालय निमार्ण गर्न नसकेको स्थानमा फेरी सार्बजनीक सौचालय निमार्ण गर्न पहल गरीने भएको छ । सोमबार जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितीको बैठकले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डडेल्धुराको संयोजकत्वमा सबै राजनीतीक दल र अमरगढी नगरपालीका सदस्य रहने गरी एक समीती गठन गरेको छ । 

समीतीले तुफानडाँडामा सार्वजनीक सौचालय निर्माण गर्न पहल गर्ने र तुफानडाँडामा बिवाद नै देखिएमा स्याउलेमा एक सार्बजनीक सौचालय निर्माण गर्ने निर्यण सोमबारको बैठकले गरेको छ । जुन स्थानमा दुई सार्वजनीक सैञ्चाल  निमार्ण छन् ।  बैठकमा जिल्लामा सञ्चालनमा रहेको खानेपानी तथा सरसफाईका सवालमा बिशेष छलफल पनी भएको थियो । छलफलमा सहभागी तथा बैठकका अध्यक्ष स्थानीय बिकाश अधिकारी ज्ञानेन्द्र पराजुलीले सरकारी र गैरसकारी संस्थाहरुले गर्ने कार्यमा डुब्लीकेसन अर्थात दोहोरो नहोस भन्ने सुझाएका थिए । 

यस्तै कार्यक्रममा जिल्ला प्रशासन कार्यालय डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अबस्थीले जथाभाबी रुपमा सडक निर्माणले पानीका मुहान सुक्ने अबस्थामा रहेको चिन्ता ब्यक्त गरेका छन । यसैबीच पत्रकार महासंघका अध्यक्ष छत्र साउँदले सरसफाई कार्यमा अग्रसर गर्न मिडीयाहरुको महत्वपूर्ण भूमीका रहने भन्दै मीडीया परिचालनमा ध्यान दिन सुझाव दिएका थिए । अध्यक्ष साँउदले सार्वजनीक सौचालय तुफानडाँडामा निर्माण गर्न बिवादै बिवाद रहेको भन्दै पत्रकार महासंघको भवन नजिक सार्बजनिक सौचालय निर्माण गर्दा उपयूक्त हुने धारणा राखेका थिए ।  

यस्तै जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितीको सदस्य तथा रुडुक अन्र्तगत रहेका गैर–सरकारी संस्था सु–आहाराले पोषण र सर–सफाईको क्षेत्रमा परशुराम नगरपालीका, मणीलेक र कोटेली गाबिस आफ्नो कार्य क्षेत्र बनाउने बताइएको छ  । पहलले भने बिद्यालय स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिने जनाइएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!