गौ हत्या को बिरोधमा दाङ लगायत मध्यपश्चिम बन्द, प्रहरीको दमन, बन्द लम्बिने संकेत

Posted on: 27 Dec, 2016

सन्तोषकुमार गुप्ता । दाङ १२ पुस । हिन्दू धर्मावलम्बिहरुको आराध्य तथा नेपालको राष्ट्रिय जनावर गौ हत्याको बिरोधमा दाङ लगाएत मध्यपस्चिमाञ्चल बन्दको क्रममा प्रहरी आक्रामक देखिएको छ । हिन्दूहरुको पबित्र धार्मिक क्षेत्र कैलालिको गोदावपरिमा सामुहिक गौ हत्या पछि दाङका बिभिन्न १२ वटा धार्मिक संघ संस्थाहरुले पौष १२ गते बन्दको आह्वान गरेका थिय । दाङ लगाएत मध्यपस्चिम क्षेत्रमा बन्दको पुर्ण प्रभाव परेको समाचारहरु आईरहेका छन् । हिन्दु बहुल देशमा १सय ४० गौहत्या हुनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ भने सो बिषयको छानबिनका लागि सरकार उदासिन रहेको हिन्दुबादि नेताहरुले बताएका छन् ।

शान्तिपुर्णरुपमा बन्द गराउन हिडेका बन्दकर्तालाई प्रहरीले सार्वजनिक रुपमा उठबस गराएको छ । दाङमा पौष १२ गते बिहान करिब ८ बजेतिर शान्तिपुर्णरुपमा बन्द गराउन हिंडेका कन्दकर्ता लाई प्रहरीले सार्वजनिक स्थलमा उठबस गराएको रेडियो झरनाका स्टेसन म्यानेजर रोशम मान श्रेष्ठले बताउनुभ भयो । अन्य दलहरुको बन्द भन्दा हिन्दुबादिहरुको बन्दमा प्रहरी आक्रामकरुपमा प्रस्तुत भएको नाम नबताउने सर्तमा एक बन्दकर्ताले  बताए ।

बन्दको क्रममा माधव काफ्ले,केशव बि.सि,तिलकराम शुबेदि,बिष्णु गौतम,रुपा वलि र उमान सिंह वलिलाई प्रहरीले पक्राउगरेको छ । भने प्रहरीले बन्दकै क्रममा पक्राउ गरेका निर्मल न्यौपाने लगाएतका नेताहरुको नाम भने सार्वजनिक गरेको छैन । यसै बिच धार्मिक नेताहरुले आफ्ना नेता तथा कार्यकर्ताहरुको बिना सर्त रिहाईको माग गरेका छन् । रिहाई नगरे थप ससक्त आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिने नेता भरतनाथ योगिले संक्षिप्त प्रतिकृया दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!