गौहत्याको विरोधमा राप्रपाद्धारा डडेल्धुरामा एक घण्टा चक्काजाम

Posted on: 28 Dec, 2016

ललित बोहरा । पुष १३ डडेल्धुरा  । कैलालीको गोदावरी क्षेत्रमा राष्ट्रिय जनावर गाई मार्ने गिरोहलाई कारबाहीको माग गर्दै बुधबार राप्रपा नेपाल डडेल्धुराले एक घण्टे चक्काजाम गरेको छ । हिन्दु धर्मावलम्बीहरुको हृदयमा चोट पुग्ने गरी भएको गौहत्यामा सरकार गम्भीर नबनेको भन्दै बुधबार दिउसो १२ बजेदेखी १ बजेसम्म डडेल्धुरा जिल्लामा चक्काजाम गरीएको राप्रपा डडेल्धुरा नगरसभापति राजेन्द्र भण्डारीले बताएका छन । कैलालिस्थित हिन्दु धर्मावलम्बीहरुको पवित्र तिर्थस्थल गोदावरीमा पुस ५ गते नेपालको राष्ट्रिय जनावर गाई तथा हिन्दुहरुको आस्थाको प्रतिक गौमाताको नियोजित रुपमा निर्ममतापूर्वक हत्या गरिएको विरोधमा एक घण्टे चक्काजाम गरिएको नगर सभापती भण्डारीले बताएका छन् । हिन्दु धर्मावलम्बीहरुको हृदयमा चोट पुग्ने गरी भएको गौहत्यामा सरकार गम्भीर नबनेको भन्दै ध्यानाकर्षण गराउन हिन्दु जागरण युवा संघ नेपालले मध्यपश्चिम बन्द गरेको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!