शारदा कुमाख कृषि उत्पादन सहकारी संस्थाको नयाँ कार्य समिती चयन

Posted on: 07 Jan, 2017

खकेन्द्र केसी

पुस २३ सल्यान

शारदा कुमाख कृषि उत्पादन सहकारी संस्था लिमीटेड शा.न.पा. १ श्रीनगर सल्यानको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले आज नयाँ कार्य समिती चयन गरेको छ ।

मान बहादुर मल्लको अध्यक्षतामा ९ सदस्य संचालक समिति गठन गरेको छ । जस्मा बेल्धर खड्का उपाध्यक्ष, तिलक वि.क., सचिव चित्रा बुढाथोकी कोषाध्यक्ष रहेका छन भने सदस्यहरुमा निम नारायण उपाध्याय, मंगल कुमारी शाह, टिकाराम आचारर्य, विमला नेपाली, प्रकाश शर्मा चयन भएका छन ।

त्यस्तै सल्लाहकार समितिमा, तिलकराज भण्डारीको संयोजकत्वमा ६ सदस्य कार्यसमिती गठन गरिएको छ । जस्मा निम बहादुर के.सी., गणेश शाही, लोकमान बुढाथोकी, नवीन सिंह भडेल, जित बहादुर पुन, मोहनलाल बुढाथोकी हरो छन । लेखा समितिमा पनि बहादुर चलाउनेको संयोजकत्वमा घनश्याम अधिकारी र कमल बुढाथोकी सदस्य रहेका छन भने उपसमितिमा पुष्कर बस्नेतका संयोजकत्वमा इन्ताज मिया र हिमाल योगी सदस्य भएका छन ।

सल्यान उद्योग वाणिज्य संघको हल खलङगामा भएको कार्यक्रममा सल्यान रुकुम यातायातव्यबसायीक समितीका अध्यक्ष लोकमान बुढाथोकी, निम बहादुर के.सी. नवीन सिह भडेल, गणेश शाहीके उपस्थिती रहेको थियो । मोहनलाल बुढाथोकीको सभा अध्यक्षमा सुरु भएको कार्यक्रमको संचालन संचालक तिलक बि.क. ले गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!