किसानकै घरदैलोमा पुग्यो, “कृषि प्राविधिकको टोली” (फोटो फिचर)

Posted on: 08 Jan, 2017


नन्दराम जैशी | पुस २४,  जुम्ला | जुम्लामा जारी स्याउ बगैंचा व्यवस्थापन तथा रोगकिरा नियन्त्रण सप्ताह अन्र्तगत किसानकै घरदैलोमा पुगेर कृषि प्राविधिकको टोलिले जिल्लाका किसानलाइ बगैंचा व्यवस्थापनका बिषयमा जानकारी दिइरहेको छ । शुक्रबारबाट शुरु भएको सप्ताह अन्र्तगत शनिबार गज्र्याङकोट ३ का गोपिचन्द्र रावलको स्याउ बगैचामा गएर गाँउका सबै किसानलाइ बगैंचा व्यवस्थापनका बिषयमा जानकारी दिइएको हो । सप्ताह अन्र्तगत गज्र्याङकोट ३ अवस्थीत बालपाट कृषक समुहका सबै स्याउ कृषकहरुलाइ बगैंचा व्यवस्थापन तथा रोगकिरा नियन्त्रण कसरी गर्ने भन्ने बिषयमा जानकारी दिइएको छ ।  

यस्तै शुक्रबार चन्दननाथ नगरपालिका ८ का किसान छत्र रावलको बगैंचामा प्रयोगात्मक अभ्यास गराई किसानलाई स्याउ बगैंचाको व्यवस्थापन र विरुवा काँटछाडका बारेमा सिकाईएको थियोे । चन्दननाथ नगरपालिका ८ मा रहेका दिदी बहिनी तरकारी तथा फलफुल समूह र गुरा फलफुल तथा तरकारी खाद्य उत्पादन समूहलाई स्याउ बगैंचा व्यवस्थापन, काँटछाड र बोर्डाे पेष्ट बनाउने तरिका सिकाईएको हो । 


जिल्ला कृषि विकास कार्यालय जुम्लाका बरिष्ठ कृषि विकास अधिकृत भरत प्रसाद कँडेल, बाली संरक्षण अधिकृत चन्द्र बुढा र प्राविधिक सहायक लछिराम महतको नेतृत्वमा गएको टोलिले चन्दननाथ नगरपालिका सहित नगरपालिका आसपासका गाविसमा किसानलाइ बगैचा ब्यवस्थापनका बिषयमा प्रशिक्षण दिइरहेको छ । जसमा किसानको बगैंचामा पुगेर सबै स्याउ किसानालाइ बोर्डाे पेष्ट तथा बोर्डाे मिक्चर बनाउने र छर्ने तरीका सिकाईएको छ । स्याउ तथा अन्य फलफुलका बिरुवामा रोगहरुको व्यवस्थापनको लागि बोटको फेद र काटिएको हाँगाहरुमा लगाउन तयार पारिएको निलोतुथो र चुनाको झोललाई बोर्डा पेष्ट भनिन्छ ।

प्राविधिक सहितको टोलि गाँउमै आएर बगैंचा ब्यवस्थापन तथा स्याउका विरुवा काँटछाडका बारेमा जानकारी दिएको भन्दै गज्र्याङकोट ३ अवस्थीत बालपाट कृषक समुहमा आबद्ध कृषकहरुले खुसि व्यक्त गरेका छन् । बगैंचा व्यवस्थापनका बिषयमा गाँउमै जानकारी पाएपछि कृषकहरुले आगामि बर्षमा गुणस्तरीय स्याउ उत्पादन गर्न टेवा पुग्ने विस्वास ब्यक्त गरेका छन् ।   


पौष २२ गते शुक्रबार देखि संचलान भएको सप्ताह पौस २८ गतेसम्म जिल्लाभर संचालन हुने बाली संरक्षण अधिकृत चन्द्र बुढाले बताउनुभयो । सप्ताह अन्र्तगत स्याउ बगैँचा व्यवस्थापनका बारेमा जिल्लाका ४ वटा कृषि सेवा केन्द्र र कार्यालयबाट ७५ वटा घुम्ती तालिम संचालन गरिने उहाले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!