बजारमा तरुल नपाइदा माघि खल्लो

Posted on: 15 Jan, 2017


नरी बडु | माघ २, बैतडी । बैतडी लगायत सुदूरपश्चिमका पहाडी जिल्लाका बजारमा यसपाली तरुल नपाईदा माघि पर्व खल्लो भएको छ ।

स्थानीय बजारमा तरुल, सकल्गंञ्ज, पिडालु लगायतका अन्य कन्धमुल फलफूल नपाईदा माघि पर्व खल्लो भएको स्थानीयको गुनासो छ ।

यसपाली जिल्लाको गोठलापानी, गडी र शाहिलेक बजारमा कन्धमुल फलफुल देख्नै मुस्कील छ । “माघिमा खाइने खानाका परिकारनै नभएपछि रमाइलो भएन” स्थानीय मोहन चन्दले भने ।

जिल्लाको देहिमाण्डौँ, सिल्लेगडा, खोड्प्, पाटन र गोकुलेश्वर लगायतका बजारहरुमा पनि कन्धमुल फलफुल नपाईएको जिल्लाको गोकुलेश्वरका स्थानीय उमेस जोशीले बताए ।

“अरु वर्षहरुमा वन तरुल पनि पाईने यस जिल्लामा यसपाली घर तरुल समेत पाईएन” स्थानीय अर्जुन कुवरले भने ।

यो सिजनमा पहिलेका वर्षहरुमा तरुल खाएर रमाईलो गरिन्थ्यो । बड्दो झारी विनासका कारण वन तरुल त पाईनै छोडेको स्थानीयको भनाई छ ।

सकलगञ्ज, पिडालु लगायतका कन्धमुल फलफूलहरु जंगली जनावरले नष्ट गर्ने हुदा यो खेती प्रति किशानहरुको आक्रषण समेत घट्दै गएको छ ।

जंगली जनावर बदेल, दुम्सी र मुसाले कन्धमुल फलफूलहरु नष्ट गर्ने गरेको स्थानीय किशान नारायण बडुले बताए ।

वन तरुल झारीहरुमा बढी फल्ने गर्दछ । घरतरुल अधिल्ला वर्षहरुमा माग अनुसार पुर्ति हुदै आएको थियो । “तर यस वर्ष किशालहरुले नै गाँउबाट तरुल ल्याएनन्” स्थानीय तरकारी व्यवसायि प्रेम बोगटीले भने ।

अधिल्लो वर्ष वन तरुलको मल्य प्रतिकेजि एक सय थियो  भने घरतरुलको मुल्य प्रतिकेजि ६० रुपयाँ थियो । तर यस वर्ष बजारमा तरुलै नभएपछि मुल्य समेत थाहा नभएको बोगटीको भनाई छ ।

बैतडीको ग्वाल्लेक, दुर्गास्थान, सिद्धपुर, सिद्धेश्वर, सकार, कैलपाल लगायतमा अन्य क्षेत्रमा पनि तरुल पाईन्छन् ।

घरतरुल नफलेको र वन तरुल खन्न जाने किशानहरु रोजगारीको सिलसिलामा बाहिर भएकाले यसपाली बजारमा तरुल अभाव भएको स्थानीय व्यापारीहरुको भनाई छ ।

अधिल्लो वर्ष माघि पर्वको समयमा तरुल किन्ने उपभाक्ता, व्यापारी र बेच्ने किशानहरुको निकै घुइचो हुने यस जिल्लामा यस वर्ष बजार सुनसान छ ।

क्याप्सनः बैतडीको गडी बजारमा रहेको सन्तोस कनौजियाको तरकारी पसल । बैतडीका बजारमा यसपालीको माघिमा तरुल छैन् । तस्बिरः नरी बडु/साझासवाल

यस बिषयमा तपाइको प्रतिक्रिया...!