क्यान्सर पीडित चुदारो भन्छन् छोरालाई ताते गरेको देखेर मर्न चाहान्छु

Posted on: 20 Jan, 2017


जिन्दगीले झेल्दैछ फेरि

आँधिबेहेरी दुःखको भुमरी

पर्वत वेउलीबास ९ बगालेका ३० वर्षीय टेकबहादुर चुदारोलाई जिन्दगीले गीतले भनेझै यतिबेला नराम्ररी दुखको भुमरीमा पारेको छ । ठूलो परिवारको सपना पुरा गर्नको लागि सात बर्ष खाडी मुलुकमा विताएका टेकबहादुरले सोचजस्तो र भनेजस्तो कमाइ नभएपछि आफ्नै देशका पाखा पखेरामा पसिना बगाएर परिवारकै साथमा एक गास दुखसुख बाँडेर खाने सोचका साथ नेपाल फर्किए । तर उनको सपनालाई रोगले साथ दिएन । भनिन्छ रोगका आफन्त र शत्रु कोहि हुदैन त्यस्तै भयो , घाटीमा देखिएको सानो डल्लो क्यान्सरमा परिणत भयो र अहिले उनी ओछ्यानमा जीवन र मृत्युको विचमा रहेका छन् । 

एउटा गरीव परिवारको सबैभन्दा जेठो र जिम्मेवार व्यक्ति आफैं क्यान्सरको सिकार भएर ओछ्यानमा लडेपछि यतिबेला परिवार शोकमा डुबेको छ । 

तीन बर्षअघि घाँटीमा देखा परेको सामान्य र सानो डल्लोले उनको अमूल्य जीवनलाई मृत्युको र जीवनको दोसाँधमा यतिबेला पु¥याएको छ ।

घाँटीको डल्लो बिस्तारै बढ्दै गएपछि भरतपुर क्यान्सर अस्पताल पुगेका टेकबहादुरलाई  अस्पतालका डा. अम्वुस कर्णले सामान्य घाउ हो निको हुन्छ भन्दै घर पठाएका थिए । तर उनको घाउ निको हुनुको साटो झन् झन बल्झिँदै गयो ।

त्यसपछि उनी काठमाण्डौंको ग्रान्डीसिटी अस्पताल पुगे । अस्पतालले वायोस्पी गर्नुपर्छ भन्यो । त्यसपछि वायोस्पी गरे । अस्पतालले रिपोर्टको लागि बाहिर पठायो । जब उनको रिपोर्ट आयो उनीका सपनाहरु तुसरापात हुने गरी नियतीले नराम्रोसँग उनलाई गाज्यो  । सानो डल्लो क्यान्सरमा परिणत भएछ ।

 ‘यदि भरतपुर क्यान्सर अस्पतालले एकचोटी वायोस्पी गरेर हेर्नुस् मात्र भनिदिएको भए त्यत्तिबेलै भतिजोको घाउ पत्ता लाग्ने रहेछ अहिले जीवन मरणसँग यति धेरै लड्नुपर्ने थिएन उनको काका ओमबहादुर चुदारोले भने ।

क्यान्सर निको पार्नको लागि किमो चढाउनु पर्ने थियो । त्यसको लागि एकचोटी किमो चढाए बापत १५ हजार रुपैयाँ अस्पताललाई बुझाउनु पथ्र्याे । एक सय रुपैयाँ निकाल्न धौधौ पर्ने परिवारले कसरी जुटाउन त्यत्रो रुपैयाँ । 

उनका काका ओमबहादुर भन्छन् ‘हारगुहार गरेपछि जिल्ला स्वास्थ्य कार्यालय पर्वतले वीर अस्पताललाई पत्र काटिदियो । त्यही पत्रको आधारमा तीन पटकसम्म अनुदानमा किमो चढायौं । त्यसपछि पैसा नभएर घर लगेर राख्यौं । किमो चढाउँदा घाउमा झन् असर गर्ने भयो त्यसको लागि डाक्टरले पहिला सेकाइ गर्नुपर्छ भनेका छन् किमो चढाउन त पैसा छैन सेकाइ गर्न झन् बढी पैसा लाग्छ रे कसरी जुटाउने ? ’

डाँडामाथिका बाबुआमा, श्रीमती, कलकलाउँदा नावालक छोराछोरी र ४ वटा भाइहरुको संरक्षक टेकबहादुरको जीवन बचाइदिन देश विदेशका सहयोगी मनसँग परिवारले अनुरोध गरेको छ ।

उनको छोरा बल्ल दुइ महिनाको भयो । उनी काठमाडौंमै उपचारमा गर्दै त्यतिबेला मात्रै जन्मेको छोराको अझसम्म उनले अनुसार देख्न र काखमा लिएर छोरासँग खेल्न समेत पाएका छैनन् ।

अब ओछ्यानबाट उठेर काम गर्ने र परिवार पाल्ने भन्दा पनि उनको सोच छोरासँग एक फेरी खेल्ने ठूलो धोको छ । एक पटक छोराको घोडा बनी र तातेताते गदै आगनीमा घुमाउन र खेलाउनको लागि पाए पनि आफूलाई ठूलो राहत हुने उनको इच्छा छ ।

छोरालाई तातेताते भन्दै डो¥याउँदै हिडाउन पाएपनि मरेपछि मेरो आत्माले शान्ति पाउने थियो  टेक बहादुरले भने । 

Tek Bahadur Chudaro

02901900639210000001

GARIMA BIKASH BANK, KATHMANDU

Tek bahadur phone no- 9808406350

Kaka Om Bahadur – 9867706921,9808448730


यस बिषयमा तपाइको प्रतिक्रिया...!