पाँचौ पर्वत महोत्सवमा कृषि प्रदर्शनका केहि झलक

Posted on: 28 Jan, 2017


पर्वत । पाँचौ पर्वत महोत्सवमा ऊट, अस्ट्रिच र चौरीको प्रदर्शनी गर्ने बताएको आयोजकले हल्लामात्रै फिजाएको बुझिएको छ । महोत्सवमा अस्ट्रिच, ऊट र चौरी ल्याउनको लागि भनिएको व्यक्ति पुत्र शोकमा परेको  र ल्याउन नसकिएको भन्दै आयोजक पन्छिएको छ । त्यस्तै महोत्सवमा प्याराग्लाइडिङ को पनि व्यापक प्रचार भएता पनि प्याराग्लाइडिङ भने नहुने देखिएको छ । अर्को आकर्षणका रुपमा रहेको जलयात्रा अर्थात् ¥याफ्टिङको लागि पनि खासै दर्शकले चाँसो देखाएको पाइदैन । जलयात्राको लागि ८ सयको दररेट तोकि राखिएता पनि हालसम्म कुनै पनि टिक ट विक्रि हुन सकेको छैन ।तर आयोजकले १४ वटा टिकट विक्रि भएको दाबी गरेको छ । 

झरीका कारण प्रभावित बनेको पाँचौ पर्वतको तेस्रो दिन आज घमाइलो भएसँगै चलहलपहल शुरु भएको छ तर सोचे अनुसार भने अझै पनि चहलपहल हुन सकेको देखिदैन । आधा दिन वितिसक्दा पनि महोत्सव परिसरमा दर्शकको चाप न्यून रहेको पाइन्छ । 

महोत्सवमा लघुउद्यम र स्थानीय उत्पादनको भन्दा पनि बढि विदेशी सामानहरुको विक्रिवितरणका स्टलहरु रहेको पाइन्छ । महोत्सवमा भारतीय र चाइनिज मालसमानको बढी स्टल रहेका छन् । लघु तथा घरेलु उद्यमको भने १५ वटा स्थल रहेको आयोजकले दाबी गरेको छ ।  महोत्सव यहि माघ २२ गतेसम्म संचालन हुनेछ













यस बिषयमा तपाइको प्रतिक्रिया...!