पाँचौ पर्वत महोत्वसले दर्शकको मन जित्न सकेन

Posted on: 28 Jan, 2017

पर्वत । पाँचौ पर्वत महोत्सवको आज तेस्रो दिन, महोत्सव आयोजक समितिको फितलो व्यवस्थापन र कमजोरीका कारण दर्शकहरुले सोच अनुसारको महोत्सव नभएको गुनासो गरेका छन् । साँघुरो ठाँउ त्यसमा रमाइलो मेलाको होहल्ला र कलाकाहरुको लोग्नेस्वास्नी खोज्ने गीतका कारण दर्शकहरु वाक्क भएर फर्किन बाध्य भए ।

महोत्सवमा स्थानीय लोकसाँस्कृति, गुरुङ मगर समुदायका लोकनृत्यको प्रस्तुत गर्ने भनिएता पनि कलाकारहरुले मात्रै दिनभर स्टेच छोडेन् । विहे गर्ने र लमी बन्ने को कोसँग जाने र लाने कलाकारहरुको विहेका कुराले दर्शकको खासै मन भने जित्न सकेन । 

बाजुङ  ९ कोटथोकबाट मेला हेर्नको लागि आएका डिलबहादुर दमाई महोत्सव देखाउने खसी भएको बताए । उनले महोत्सव सोचे अनुसारको नभएको गुनसो गरे ।

महोत्सव परिसर हिलाम्मे र खुट्टा गाडिने थियो, आयोजकले भुस राखेर हिलोलाई हटाउने प्रयास गरेता पनि दर्शकको माग र आवश्यकता र रोजाइलाई भने बुझ्न सकेन । 

तिलाहार की सिता लामिछानेले महोत्सव सोचे अनुसारको नभएको बताइन । उनले महोत्सवमा रत्यौली र स्थानीय लोकनृत्य हेर्न पाइने सोचका साथ आएता पनि त्यसो नभएको बताइन । उनले कलाकार ल्याएर आयोजकले कलाकारलाई मात्रै पैसा खुवाउने काम गरेको बताईन् । 


देउपुर मखकी तारा गुरुङले आयोजकले टिकट दस्तुर ६० राखेतामा पनि सोही अनुसारको उपलब्धी नभएको गुनासो गरिन उनले टिकटको पैसा बेकारमा खेर गएको बताई । 


झरीले प्रभावित भएको पाँचौ पर्वत महोत्सव अबलोकनकालागि छोराछोरी लिएर शनिबारको मौका छोपी महोत्सवमा आएकाहरु पनि महोत्सवको प्रभावताका बारेमा खासै खुसी भने देखिएनन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!