गन्हायो पर्वत महोत्सव:स्टल भित्र बसेका महिलामाथि सुरक्षाकर्मीव्दारा दुर्ब्यबहार !

Posted on: 01 Feb, 2017

पर्वत, कुस्मा २०७३ माघ १९ । आयोजकको फितोलो व्यवस्थापनले साख गुमाएको पश्चिमान्चल औद्योगिक मेला तथा पाँचौ पर्वत महोत्सवमा देखिएका साइड ईफेक्टहरुले महोत्सव र यसका आयोजकहरु चर्चाको शिखरमा छन ।


आयोजकहरुमाथी आफना परिवार र आसेपासेलाई निशुल्क पास बाँड्ने देखी महोत्सवलाई लोकदोहोरी (गायकहरुका)े भेलामा परिणत गरेको आरोप लागिरहेको बेला महोत्सव स्थलमा रहेका स्टलहरुमा बस्ने महिलामाथी दुव्र्यवहार भएको घटना बाहिर आएको छ । महोत्सव स्थलकै सुरक्षामा लापर्बाही देखिएपछी आयोजकहरुको अकर्मण्यता माथि प्रश्न उठेको छ । सुरक्षामा तैनाथ सुरक्षाकर्मीहरुबाटै गए राति स्टलमा सुतेकी महिलामाथी दुर्ब्यबहार गरिएको गम्भीर घटनाले जिल्लाको शान्ति सुरक्षाको उपहास भएको ठहर गर्दै स्थानीयले महिला माथी दुर्ब्यबहार गर्ने सुरक्षाकर्मी माथी तत्काल कडा कार्बाही गर्न सम्वद्ध निकायसंग माग समेत गरेका छन् ।


तत्काललाई घटना सामसुम पार्ने प्रयास गरिएपनि महोत्सव स्थल भित्रै महिलामाथि भएको दुर्ब्यबहारको चर्चा डढेलो झै फैलिएको अवस्थामा यसको दूरगामि प्रभाव पर्ने निश्चित छ ।घटनाको विस्तृत विवरण आउन बाँकी छ । प्रतिक्षा गर्नुहोस्


यस बिषयमा तपाइको प्रतिक्रिया...!