पर्बत महोत्सव कि एमालेजनको उत्सव ?

Posted on: 03 Feb, 2017

  रामकृष्ण लामिछाने   | 

पर्बत: ‘समृद्ध पर्बत हाम्रो चाहना’ भन्ने मुल नारा बोकेर पर्बतको कुश्मामा माघ १३ गते देखि सुरु भएको पर्बत महोत्सवले आम नागरीकहरुमा भ्रम सिर्जना गरेको छ । पर्वतवासीहरू सार्वजनिक महोत्सव हो कि एमालेको उत्सव हो भन्नेमा अन्याैल भएका छन् ।


बिगतमा उद्याेग बाणिज्य संघ पर्वतको चुनावको माहोलमा बिजयी भएका एमालेहरुले बिजय उत्सव आयोजकले मनाएको हुन् कि अनुमान लगाउन सकिन्छ । माघ १३ गते कार्यक्रम समुद्धघाटनमा माओवादी निकट प्रधानमन्त्री प्रचण्डलाई वोलाए र सबैलाई सबैको महोत्सव भन्ने भ्रम पारे ।  तर बिस्तारै स्टेज कार्यक्रमका गतिबिधीहरुले देखायो एमाले महोत्सव ।


आखिर महोत्सबलाइ किन एमालेकरण गरियो ?


पर्वतकै कलाकार युवराज भूसाल,रामजी खाँड, विमलराज क्षेत्री किन बोलाइएन ? अधिकासं एमाले निकट कलाकारहरूको प्रस्तुती रहेको पर्वतको महोत्सवमा धाैलागिरी लोक प्रतिष्ठानका अध्यक्ष राजेन्द्र सापकोटाको भन्छन् – ‘युवराजहरू बिरामी भएकाले बोलाउन सकिएन ।’


महोत्सवको मन्चमा हेर्ने हो भने एमाले निकट नेताहरू, प्रेस चाैतारीका पत्रकारहरू, कलाकारहरू ९८ प्रतिशत रहेका छन् । तर, अन्य दलका प्रतिनिधिहरू महोत्सवको उद्घाटनमा बाहेक अरूबेला देखिएका छैनन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!