मोटरसाईकल दुर्घटनामा परि सल्यानमा ४ जना घाईते

Posted on: 06 Feb, 2017
खकेन्द्र केसी/माघ २४, सल्यान । बागचौर नगरपालीकाको बाउनथान नजिकै आज अप्राह्न ४ बजेतिर मोटरसाईकल दुर्घटना हुदा ४ जना घाईते भएका छन ।
सल्यानको थारमारे बाट  बाङगेलाखुरी जाँदै गरेको रा २ प ६७५५ र लौराबाङ बाट खरीवोट आउदै गरेको भे २ प ९४९८ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।  
घाईते हुनेहरुमा बा.न.पा. ५ का जतिन बस्नेत, सोही ठाँउका प्रेम बहादुर बुढाथोकी  , बा.न.पा.४ लौराबांग का लक्ष्मण के सी र महेन्द्र खड़का रहेका छन् । घाईतेहरु चारै जनालाई अहिले उपचारको लागी बागचौर पठाईएको बाङगेलाखुरीका प्रहरी निरिक्षक राज बहादुर शाहिले बताएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!