डडेल्धुरामा एक मुख्य निर्वाचन अधिकृत र ६ निर्वाचन अधिकृत

Posted on: 05 Apr, 2017

ललित बोहरा । चैत्र २३ डडेल्धुरा - निर्वाचन आयोगले वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।  यता डडेल्धुरामा एक मुख्य निर्वाचन अधिकृत र ६ निर्वाचन अधिकृत तोकिएका छन् । जिल्लाका पाँच गाउँपालिकार एक नगरपालिकामा निर्वाचन अधिकृत तोकिएको हो भने एक नगरपालिकामा मुख्य निर्वाचन अधिकृत तोकेको छ ।   जिल्लाको अमरगढी नगरपालिकामा निर्वाचन अधिकृतको रुपमा डडेल्धुरा जिल्ला अदालतका जिल्ला न्यायाधीस देवकुमार गिरीलाई तोकेको छ ।

यस्तै परशुराम नगरपालिकाका लागि महेश भट्टराईलाई निर्वाचन अधिकृतको रुपमा निर्वाचन आयोगले तोकेको छ  भने आलिताल गाउँपालिकामा सुरेन्द्र प्रसाद जोशीलाई निर्वाचन अधिकृतको रुपमा तोकेको छ । 


यसैगरि भोगेश्वर गाउँपालिकामा श्याम श्रेष्ठलाई निर्वाचन अधिकृत तोकेको छ  भने नवदुर्गा गाउँपालिकामा शेषकान्त पौडेललाई खटाईएको छ ।  अजयमेरु गाउँपालिकामा सुरेन्द्र प्रसाद सापकोटालाई निर्वाचन अधिकृतको रुपमा निर्वाचन आयोगले खटाएको छ । यस्तै गन्यापधुरा गाउँपालिकाका लागि निर्वाचन अधिकृतको रुपमा टेकराज जोशीलाई नियुक्त गरेको छ ।  आयोगले निर्वाचन अधिकृतलाई वैशाख १२ गतेसम्म आफूलाई खटाएको स्थानीय तहमा पुगेर कार्यालय स्थापना गर्न भनेको छ ।  यस्तै उता बैतडीमा एक मुख्य निर्वाचन अधिकृत र ९ निर्वाचन अधिकृत तोकिएका छन् । जिल्लाका ६ गाउँपालिका र ३ नगरपालिकामा निर्वाचन अधिकृत तोकिएको हो भने एक नगरपालिकामा मुख्य निर्वाचन अधिकृत तोकेको छ । 

जिल्लाको दशरथचन्द नगरपालिकामा निर्वाचन अधिकृतको रुपमा बैतडी जिल्ला अदालतका जिल्ला न्यायाधीस धु्रबकुमार शाहलाई तोकेको छ । यस्तै मेलौली नगरपालिकाका लागि डिल्लीराम बास्तोलालाई निर्वाचन अधिकृतको रुपमा निर्वाचन आयोगले तोकेको छ भने पुर्चौडी नगरपालिकामा शम्भुकुमार बस्नेतलाई निर्वाचन अधिकृतको रुपमा तोकेको छ ।


यसैगरि पाटन नगरपालिकामा मोहन अधिकारीलाई निर्वाचन अधिकृत तोकेको छ भने सुर्नया गाउँपालिकामा यमप्रसाद बास्कोटालाई खटाईएको छ । सिगास गाउँपालिकामा सरामकुमार थापालाई निर्वाचन अधिकृतको रुपमा निर्वाचन आयोगले खटाएको छ । यस्तै शिवनाथ गाउँपालिकाका लागि निर्वाचनअधिकृतको रुपमा तुल्सीराम गैरे, दोगडाकेदार गाउपालिकामा बासुदेव रिजाल, पञ्चेश्वर गाउपालिकामा यमप्रसाद ढुङ्गाना र डिलाशेनी गाउँपालिकामा विष्णुप्रसाद ज्ञावालीलाई नियुक्त गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!