चर्चित मोडल बुद्धबिर थापाको अभिनय रहेको “टुहुरो” चर्चामा

Posted on: 25 Apr, 2017

सिर्जना बर्देवा,बैशाख १२,ओखलढुंगा । जिन्दगीमा सबै भन्दा माया गर्ने आफ्नो मान्छे भनेको “आमा” मात्र हो । जो आफु संग भएको मायाको खानी छोराछोरी मै खन्याउीछन् । हरेक पल खुशी संग जिउन सिकाउछिन । हर दुख सुख संग आफु लडेर खुशी राख्छिन् । आफ्नो सन्तान लाई  आफु मैन बत्ति झै जलि उज्यालो दिन्छिन् । भगवान संग माग्छी आफ्नै सन्ततीको खुशी आफ्ना सन्ततीको खुशी नै उनको धन हो । हिमालको हिउ जस्तै पबित्र मन भएकी आमा जव यो दुनिया छाडेर आफ्नो सन्ततीलाई टुहुरा टुहुरी बनाएर जान्छीन अनि त्यति बेला त्यो सन्तानको दिन कस्तो होला ? के होला ? त्यो त सोच्न पनि सकिदैन । यी र यस्तै बास्तबिकता रहेको “टुहुुरो” बोलको लोक गित निकै चर्चामा छ ।

अहिलेका चर्चित मोडल बुद्धबिर थापाको उत्कृष्ट अभिनयमा निकै दर्दनाक भिडियो सार्बजनिक भए सगै एकाएक चर्चामा आएको हो  । कुनै समयका संचारकर्मि थापा मोड्लिङ क्षेत्रमा दुई बर्ष बिताई सकेका छन् । यति छोटो समय मै हजारौं दर्शक स्रोताका मन मुटुमा बस्न सफल मोडल थापाले ९० भन्दा बढि गितमा अभिनय गरिसकेका छन् । निकै उत्कृष्ट अभिनय गर्ने मोडलका रुपमा परिचित थापाको एक पछि अर्को गर्दै निरन्तर म्युजिक भिडियो बजारमा आउने क्रममा टुहुरो बोलको म्युजिक भिडियो निकै उत्कृष्ट रहेको छ ।

चर्चित लोकदोहारी गायक बिमल डाँगीको सुमधुर स्वर चर्चित सर्जक सन्तोष बानीयाँको उत्कृष्ट लय तथा शव्द सिर्जनामा रहेको यस गितको म्युजिक भिडियोमा रश्मि भट्ट र बुद्धबिर थापाको उत्कृष्ट अभिनय रहेको छ । अहिलेका चर्चित निर्देशक बिक्रम चौहानको निर्देशन बासु बरालको छायांकन रहेको छ भने मिलन बिकले भिडियोको सम्पादन गरेका छन् । बि.स्टार फिल्मसले दृष्य निर्माण गरेको यस म्युजिक भिडियो लाई एस एन बि एक्सप्रेसले बजार व्यबस्थापन गरेको छ । भिडियाे हेर्नुहाेस् https://www.youtube.com/watch?v=KiPxpmezE9Y 


यस बिषयमा तपाइको प्रतिक्रिया...!