पर्वतमा माले, राजमो र माओवादी क्रान्तिकारी विच संयुक्त प्यानलको घोषणा

Posted on: 01 May, 2017

पर्वत । पर्वतका तीन कम्युनिष्ट घटकहरुले स्थानीय चुनाव उपयोगको लागि तीन दलीय मोर्चा गठन गरेका छन् । नेकपा माले, राष्ट्रिय जनमोर्चा र नेकपा (क्रान्तिकारी माओवादी) को संयुक्त बैठकले आईतबार तनिदलिय मोर्चा गठन गरेका हुन । मोर्चाको नेकपा ९क्रान्तिकारी माओवादी पर्वतका जिल्ला ईन्चार्ज एवं देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक तेजेन्द्र पौडेलले नेतृत्व गरेका छन् ।

नेकपा क्रान्तिकारी ९माओवादी० पर्वतका जिल्ला ईन्चार्ज तेजेन्द्र पौडेल, नेकपा मालेका केन्द्रिय सदस्यद्वय यम विक, हरीहर थापा, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव वालकृष्ण पौडेल र नेकपा मालेका जिल्ला सचिव लालबहादुर हरिजन सहितको उपस्थितिमा संयुक्त मोर्चा गठन भएको हो ।

मोर्चा गठनपछि जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा मोर्चाको तर्फबाट साझा उम्मेदवार चयन गर्ने निर्णय भएको बैठकपछि राष्ट्रिय जनमोर्चाका सचिव बालकृष्ण पौडेलले जानकारी दिएका छन् । बैशाख ३१ मा हुने स्थानीय तहको चुनावका लागि ठुला भनिएका दलहरुलाई टक्कर दिन निरन्तरका छलफल र वार्ताबाट संयुक्त मोर्चा गठन गर्न सफल भएको नेकपा मालेका केन्द्रिय सदस्यद्वय यम विक र हरिहर थापाले बताए ।

मोर्चाले पकड क्षेत्र निर्धारण गरि दुई नगरपालिका र पाँच गाउपालिकाका वडा समेत विभाजन गरेको जनाइएको छ । बैठकपछि जानकारी दिदैं मोर्चा सम्बद्ध नेताहरुले पर्वतमा तीनदलिय मोर्चा निर्णायक शक्ति भएको समेत दाबी गरेका छन् ।

तीन दलको संयुक्त मोर्चा आवद्ध नेताहरुले आसन्न्न स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुनुपर्ने बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!