कैलालीका युवा मेवा खेतीतर्फ आकर्षित हुँदै

Posted on: 01 May, 2017

बैशाख १८, कैलाली । कैलालीमा पछिल्लो समय यूवाहरु व्यवसायिक खेती तर्फ आकर्षित हुन थालेका छन् । 

अन्य खेतीभन्दा उत्पादन गर्न पनि सजिलो तथा बजार पनि सजिलै पाउन सकिने भएका कारण मेवा खेतीप्रति किसानको आकर्षण बढ्दै गएको हो । साना मझौला कृषक आयस्तर आयोजनाको अनुदानमा साढे १० लाख र १४ लाख व्यक्तिगत लगानीमा उनीहरुले मेवा खेतीको सुरुवात गरेका छन् । 

बजारीकरणको समस्या हटेपछि समुहमा मिलेर मेवा लगायत अन्य खेती पनि सुरु गरेको धनगडीका किसान अशोक खातीले बताउनु भयो । हाल उनीहरुले दुई हेक्टर क्षेफलमा मेवा लगाएका छन् । 

स्थानीय उत्पादनलाई यतैको बजारमै प्रशोधन गरेर विभिन्न परिकार बनाएर बिक्री गर्ने योजना रहेको उक्त टोलीमा संलग्न युवा हेमन्त भट्टले बताउनुभयो । पहिले घरायसी प्रयोजनका लागि मात्रै मेवा लगाउने गरेकामा हिजोआज भने थोरै जमिनमा भए पनि व्यावसायीयक रुपमै यसको खेती भई रहेको कृषि कार्यालयले जनाएको छ । लोकेश धामीको सहयोगमा 


यस बिषयमा तपाइको प्रतिक्रिया...!