नवलपरासीका ८० हजार बाख्रामा पिपिआर भ्याक्सिन

Posted on: 24 May, 2017

जेठ १०, नवलपरासी | पशु सेवा कार्यालय नवलपरासीले जिल्लाको ८० हजार खसी बाख्रामा पिपिआर बिरुद्धको भ्याक्सिन लगाएको छ ।

पिपिरआर माहामारीले बाख्रा मर्ने र यो रोग निको गर्न समयमै  भ्याक्सिन दिनुपर्ने भएकाले कार्यालयले बिभिन्न  पशु सेवा केन्द्र मार्फत भ्याक्सिन लगाएको जनाएको छ । जिल्लाको नवलपुर र परासी क्षेत्रका बिभिन्न पशु सेवा कार्यालय मार्फत ८० हजार बाख्रालाई भ्याक्सिन लगाइएको पशु सेवा कार्यालयका चिकित्सक डा. परशुराम फुयालले जानकारी दिनुभयो । उहांका अनुसार जिल्लामा आएको १ लाख २० हजार भ्याक्सिन मध्ये ८० हजार लगाइएको छ भने ४० हजार भ्याक्सिन बाकी राखिएको छ । कुनैपनि समयमा महामारीका रुपमा पिपिआर फैलन सक्ने भएको हुदाँ सचेत भई समयमै भ्याक्सिन लगाउनुपर्ने उहाँको जोड थियो ।

त्यसैबीच पशु सेवा केन्द्र जहदाको  आयोजना तथा बर्दघाट ब्यवसायिक बाख्रापालन फार्मको पहलमा बर्दघाट ४ दिब्यनगर तथा मर्चाखोला गाउका किसानहरुका बाख्रामा बुधवार पिपिआर बिरुद्धको भ्याक्सिन लगाइएको छ । सो क्रममा ती गाउका ब्यवसायिक बाख्रापालकहरु भ्यासिक्सन लगाइएपछि राहत महसुस गरेका जनाएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!