सल्यानका किसान ताजा तरकारि सित्तैमा दिन बाध्य

Posted on: 25 Jun, 2017


शंकर के सी । असार ११, सल्यान | खेतबारिमा परिश्रम पोखेर मिहेनतले फलाएको तरकारि । घरबाट भाडा तिरेर गाडीमा बोकाएर बजार सम्म ल्याउंदा तरकारि नविकेर त्यत्तिकै फाल्नुपर्दा कुन किसानको मन खिन्न नहोला र । सल्यानका किसानलाइ यस्तै भएको छ ।

तरकारि बजारमा तरकारि बेच्न ल्याएका कपुरकोट क्षेत्रका किसान आफुले उत्पादन गरेको कृषिजन्य वस्तुले मुल्य नपाएपछि चिन्तीत देखिएका थिए । विशेष गरि बन्दा गोभी नबिकेको जनाउंदै किसानहरुले धेरै घाटा व्यहोर्नुपरेको जनाए ।

फालावाङबाट ५ क्विन्टल तरकारि विक्रि गर्न आएका यम भण्डारिले त तरकारि बजारमा कुर्दा कुर्दा विक्रि नै नभएपछि एक जना व्यापारिलाइ सित्तैमा दिए । उनले भने– ‘सानो गाडीमा भाडा तिरेर बन्दा गोभी ल्याएं तर विकेन, फर्काएर घर लग्न भएन, दाङको एक जना व्यापारिलाइ ५ सय क्विन्टल सित्तैमा दिएं ।’

पछिल्लो समय यस क्षेत्रका किसानहरुको जीवन गुजारा तरकारि खेतीबाटै हुने गरेको छ । तर फलाएको तरकारि बेच्दा डोको नै नउठेपछि किसानहरु कसरि घरखर्च चलाउने भन्ने चिन्तामा छन् ।

शुक्रबार कपुरकोटको तरकारि बजारमा बन्दा बेच्न ल्याएका मुलपानीका किसान नारायण पुन पनी बन्दा कसैले किन्न नमानेपछि हैरान भए । उनले भने–‘बल्लतल्ल मिहेनत गरेर फलाएको तरकारि व्यापारिलाइ आग्रह गरिगरि ३ रुपैयां किलोमा बेचें ।’ ३ रुपैया प्रतिकिलो तरकारि विक्रि गर्दा गाडीमा ल्याएको भाडा समेत तिर्न नपुगेको भन्दै उनले चिन्ता व्यक्त गरे । 

यता व्यापारिहरुले पनि घाटा व्यहोर्नुपरेको जनाउंछन् । बुटवलबाट सल्यान सम्म तरकारि खरिद गर्न आएका व्यापारि श्रवणले देशका अन्य ठाउंमा र सल्यानमा पनि बन्दा धेरै उत्पादन भएकाले उचीत मुल्य नपाएको जनाए । पालुङ, हेटौडा जस्ता ठाउंबाट पनि धेरै परिमाणमा तरकारि उत्पादन भएकाले यहांको तरकारिले मुल्य नपाएको उनको भनाइ छ ।

सल्यानको पूर्वि भागमा रहेका धनवाङ, सिनवाङ, गर्पा, रिम, फालावाङ, त्रिवेणी, छायाँक्षेत्र लगाएतका क्षेत्र तथा रोल्पा र दाङका विभिन्न ठाउँहरुबाट समेत कपुरकोट बजार केन्द्रमा करिव १५ हजार देखि १८ हजार किसानहरुले ताजा तरकारी एवम् फलफूलहरु बिक्रि गर्ने गर्दछन् । कतिपय अवस्थामा आफुहरुले तरकारि खरिद गरेर टाढाको बजार सम्म लैजादा गाडी भाडा पनि तिर्न नसकिने अवस्था आउने व्यापारिहरु बताउंछन् । बुटवलका व्यापारि व्यापारि दिनेश कुमार कान्डुले भने– ‘४ रुपैया किलोमा तरकारि किन्ने, बुटवल लग्दा सम्म ६ रुपैया खर्च हुन्छ, विक्रि पनि त्यहि मुल्यमा हुन्छ भने हामीले कसरि खरिद गर्ने ?’

नेपालको वेमौषमी तरकारी बजारमा झण्डै ४०% भाग कपुरकोटको तरकारिले ओगटेको कृषि उपज बजार केन्द्रले जनाएको छ । एक सिजनमा झण्डै ३ हजार मेट्रिकटन ताजा वेमौषमी तरकारि यहाँबाट विभिन्न शहर, बजारमा पुग्ने गर्दछ । यसले गर्दा पनि कपुरकोटको स्थान उचो भएको छ । तर अझै पनि यहाँका किसानले उन्नत जातको विउ, मल वा प्राविधिक ज्ञान पर्याप्त रुपमा पाउन सकेका छैनन् ।

सिधै व्यापारिहरु संग मोलमोलाइ गरेर तरकारि वेच्ने गरिए पनि पटक पटक किसानहरुले व्यापारिले जुन मुल्यमा भन्छन् त्यहि मुल्यमा तरकारि वेच्नुपर्ने बाध्यता रहेको गुनासो गर्दछन् । बेलावेलामा हुने नेपाल बन्द, चक्काजाम जस्ता आन्दोलनले पनि किसानले तरकारि वेच्न नपाउँदा लाखौँको घाटा व्यहोर्नु परेको हुन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!