पर्वतमा धान रोपाई शुरु यस बर्षको धान दिवस हुवासमा मनाइदै

Posted on: 28 Jun, 2017

असार १४ पर्वत। मानो खाएर मुरी उब्जाउने महिना असार महिना सुरु हुनै लाग्दा पर्वतमा धान, कोदो रोपाइँ सुरु भएको छ । 

विगतमा परेको लामो समयको खडेरीका कारण जिल्लाका सबै ठाउँमा     रोपाइँ हुन नसके पनि सिञ्चित र खोलानालाका आसपासमा यसै सातादेखि रोपाइँ सुरु भएको हो । मूल फुट्ने गरी वर्षा नपरेकाले जिल्लाका सबै ठाउँमा        रोपाइँ हुन सकेको छैन । उच्च पहाडी क्षेत्रका कृषकले कोदो र धान सँगसँगै     रोप्न थालेका छन् ।

जिल्लाको खौलालाकुरी, ठूलीपोखरी, कार्कीनेटा, शालिजा, देउपुर, शङ्करपोखरी, बाच्छा, होश्राङ्दी,      लुङ्खुदेउराली, देउपुर, देउराली लगायतका गाविसमा धान रोपाइँ सुरु भएको हो । खडेरी परेकै समयमा बीउ राखेका कृषकले केही दिनदेखि परेको वर्षासँगै खोलानाला पनि बढेकाले रोपाइँ गर्न सुरु गरेको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ । हालसम्म जिल्लामा विभिन्न भागमा गरी झण्डै १० प्रतिशत धान रोपाई भैसकेको बताइएको छ ।

जिल्लाका सबै ठाउँमा रोपाइँ भने मनसुन सुरु भएर मूल फुटेपछि मात्र सुरु हुने वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए । ूनियमित वर्षा भएमा असार दोस्रो सातादेखि सबै ठाउँमा रोपाइँ सुरु हुन्छू, उनले भने ।

पर्वत जिल्लामा धान फल्ने नौ हजार २१ हेक्टर जमिन रहेको छ । त्यसमध्ये बाहै्र महिना सिँचाइको सुविधा पुगेको ६ हजार ८०० हेक्टर जमिन रहेको छ । बाह्रैमास सिँचाइ हुने खेतमा रोपाइँका लागि समस्या नभए पनि अन्य ठाउँका कृषक भने वर्षा प्रभावकारी भएपछि मात्र रोप्ने तयारीमा रहेका छन् । पर्वतमा ठूला सिँचाइ योजना निर्माण भएकाले धेरै जमिनमा बाहै्रमास सिँचाइ हुन सक्ने जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ ।

सबैभन्दा बढी धान उत्पादन हुने देविस्थानमा २४३ हेक्टर क्षेत्रफल र कम उत्पादन हुने बनौँमा चार हेक्टर क्षेत्रफल रहेको छ । अहिले पर्वतमा छेमरोङ, खुमलटार, गौरीया, गुडुरा, मार्सी, पहेले, जर्नेलीलगायत जातका धान रोपिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गत वर्ष पनि मनसुन ढिला भएका कारण साउनको अन्त्यमा मात्र रोपाइँ सकिएको थियो । तर पछि मनसुन सक्रिय भएकाले उत्पादनमा कुनै असर       नपरेको कार्यालयले जनाएको छ ।पर्वत जिल्लामा धान फल्ने ९ हजार २१ हेक्टर जमिन रहेको छ । त्यस मध्ये बाहै महिना सिंचाईको सुबिधा पुगेको ६ हजार ८ सय हेक्टर जमिन रहेको छ । पर्वतमा ठुला सिंचाई योजनाहरु निर्माण भएकाले धेरै जमिनमा बाहैूमास सिंचाई हुन सक्ने जिल्ला कृषि बिकास कार्यालयले जानकारी दिएको छ । सवैभन्दा बढी धान उत्पादन हुने देविस्थानमा २ सय ४३ हेक्टर क्षेत्रफल र कम उत्पादन हुने बनौँमा ४ हेक्टर क्षेत्रफल  रहेको छ । अहिले पर्वतमा       छेमरोङ, खुमलटार, गौरीया,      गुडुरा, मार्सी, पहेले, जर्नेली लगायत जातका धान रोपिएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।

यस बर्षको धान दिवस हुवासमा मनाइने भएको छ । जिल्ला कृषि विकास कार्यालय पर्वतले यस बर्षको धान दिवस दक्षिण हुवासमा मनाउन लागेको बताएको छ ।

दक्षिण हुवासमा जिल्ला प्रशासन कार्यालयले आयोजना गर्न लागेको घुम्ती शिविरमा जिल्लाका सवै कार्यालयहरु सहभागी हुने भएकोले सोही अबसर पारी हुवासमानै धान दिवस मनाउने तयारी गरिएको कृषि कार्यालयले जनाएको छ । सरकारले असार १५ लाई धान दिवसका रुपमा मनाउ दै आएकोले पनि धान दिवसलाई देश भर मनाइने गरिन्छ । दिवसका दिनमा दहि चिउरा, खाने तथा असारे झ्याउरे गीतहरु गुनगुनाउने गरिन्छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!