सोरु गाउँपालीकामा खडेरीले स्थानीय आक्रान्त

Posted on: 06 Jul, 2017


नन्द बहादुर रोकाया/असार २२, मुगु । जिल्लाको सोरुगाउँपालीकामा लामो समय देखि बर्षात नहु“दा स्थानीयबासी  खडेरीले आक्रान्त भएका छन् । 

गमभेग, खत्याड र करान भेगमा बर्षात भएर अन्नबाली बन जंगल हरियाली भएपनि सोरु गाउँपालीकामा गत बैशाख महिना देखि बर्षात भएको छैन् । खडेरीले स्थानीयले अन्नबाली लगाउन पाएका छैनन् । 

लामो खडेरी पानीका मुल सुकेपछि सोरु गाउँपालीकाका साविकका सात गाबिस फोतु, जिमा, कालै, धैनकोटमा धान रोपाई हुन सकेको छैन् । खेतमा धानका ब्याड सुकेर नष्ट भएको स्थानीय बाल्की बुमीले बताउनुभयो । चैतमा रोपेको धान कोदो बाली घामले सुकेर सखाप भएको छ ।


बारीमा रोपेको खुर्सानी, भेण्डा, तरकारीका ब्याड सुकेका छन् । खेतबारीको आलीमा लगाएको आरु ओरु चुली लगायत फलफुलका दाना सुकेर झर्न थालेका छन् । उहँँले भन्नुभयो । बि स २०७२ सालमा ठूलो खडेरीले परेको र यो बर्ष उस्तै खडेरी पर्ने संकेत देखा परेपछि सर्बसाधारण स्थानीय चिन्तित भएका छन् ।  

दिउसो अत्याधिक गर्मी हुदा यताउता हिडडुल मुश्किल हुने गरेको छ । लामो खडेरीले पानीका मुल समेत सुकेकाले स्थानीय एक दुई घण्टा को पैदलमा कणालीको पानी खच्चडमा बोकी खाने गरेको सोरु गाउँपालीकाका स्थानीय जयलाल शाहीले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!