सल्यानमा २ नगरका ३ वडा एकैदिन पुर्ण खोप युक्त बने

Posted on: 15 Jul, 2017

खकेन्द्र केसी,

असार ३१, सल्यान ।

सल्यानको शारदा नगरपालीकाको वडा नम्बर ४ र ५ लाई एकैसाथ पुर्ण खोप युक्त वडा घोषणा गरिएको छ । 

पुर्ण खोप सुनिशितता हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ जिल्ल्लाको १५ औँ र नगरपालीकाको दोस्रो पुर्ण खोप युक्त वडा आज महेन्द्र रत्न मावि पिपलनेटामा एक कार्यक्रमका बिच मैन वक्ति बालेर घोषना गरिएको हो । 

कार्यक्रममा प्रमुख अथिती नगर प्रमुख सुरेश अधिकारीको रहेको थियो भने अथितीहरुमा जिल्ला स्वास्थ्य कार्यालय सल्यानका दसरथ श्रेष्ठ, वडा नम्बर ४ का वडा अध्यक्ष प्रदिप साहि लगाएतको उपस्थित रहेको त्यहाँबाट एलिसा डिसीले जानकारी दिएकी छन् ।  

उता बनगाढ कुपिन्डे नगरपालीकाको वडा नम्बर १२ लाई पनि आज पुर्ण खोप युक्त वडा घोषणा गरिएको छ । स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागीता, पुर्ण खोप वडा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ उक्त वडालाई एक कार्यक्रमका बिच जिल्लाको १२ औँ र बनगाढ कुपिन्डे नगरपालीकाको पहिलो पुर्ण खोप युक्त वडा घोषणा गरिएको हो । कार्यक्रममा नगरपालीका १२ नम्बर वडा सदस्य जोद बहादुर बुढा, वडा स्वास्थ्य प्रमुख सन्तोष बुढा, वडा सचिव भिम बहादुर घर्ति लगाएतको उपस्थित रहेको त्यहाँबाट टेकराज वलीले जानकारी दिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!