ताजा तरकारीले चिनिएको कपुरकोट घाँस खेतीबाट पनि परिचय बनाउंदै

Posted on: 16 Jul, 2017


शंकर के सी | साउन १, सल्यान | सल्यानको कपुरकोट अव वेमौषमी तरकारि खेतीमा मात्र सिमीत नरहेर घाँस उत्पादनमा पनि अग्रस्थानमा देखिएको छ । पछिल्लो समय यस क्षेत्र उन्नत घाँस उत्पादनको श्रोत केन्द्रको रुपमा परिचीत हुंदै गएको छ ।

खास गरि यहां रहेको सामुदायीक वन समूहहरुले डाले घाँस तथा भुँइ घाँस उत्पादन गर्दै आएका छन् । र समूहबाट उपभोक्तालाइ पुगिसकेपछि जिल्लाका विभिन्न क्षेत्र सम्म घाँसको विरुवा विक्र समेत हुने गरेको छ ।

जिल्ल पशु सेवा कार्यालय सल्यानले कपुरकोट क्षेत्रका सामुदायीक वन समूहबाट घाँस उत्पादन र विक्रि भइरहेको जनाएको छ । कपुरकोट गाउंपालिका वडा नम्बर ३ मा रहेको पाखापानी सामुदायीक वन समूहले नर्सरी नै स्थापना गरेर घाँस उत्पादन तथा विक्रि मार्फत आम्दानी पनि गर्दै आएको छ ।

वन समूहकी अध्यक्ष तारादेवी सेनले आफ्नो वन समूहमा विभिन्न जातका वहुवर्षिय डाले घाँस रहेको जनाइन् । उनले भनिन्– ‘हामीले केहि वर्षयता निपियर, अम्रिसो, टाँकी, कोटमीरो, खन्यु लगाएतका उन्नत घाँसको विरुवा उत्पादन गर्दै आइरहेका छौं ।’ उन्नत जातको घाँस पोषिलो हुने र पशुपालनमा सजिलो हुने भएपछि अहिले आफ्नो समूहका किसानहरुले बारिको ढिक काल्नामा घाँस खेती गरेको उनले जनाइन् ।

व्यावसायिक घाँस उत्पादनले पशुपालनको लागत घटाउने भएकाले पशु कार्यालयले पनि विभिन्न सहयोग गरिरहेको छ । पाखापानीमा घाँस उत्पादनका लागी नर्सरि स्थापनामा ३० हजार बराबरका सामाग्री र घाँसको विउ सहयोग गरेको पशु सेवा केन्द्र कपुरकोटका पशु स्वास्थ्य प्राविधिक नवराज रेग्मीले जानकारि दिए । उनले भने– हामीले वन समूहलाइ घाँसका विरुवा उत्पादनमा सहयोग संगै ती विरुवा किनेर अन्यत्रका किसानलाइ निःशुल्क वितरण गरिरहेका छौं ।

हाल सम्म ३७ हजार भन्दा बढि घाँसका विरुवा पाखापानी सामुदायीक वनबाट किनेर सल्यानको कालिमाटी, रागेचौर लगाएतका क्षेत्रमा पठाइएको रेग्मीले जानकारि दिए ।

विरुवा विक्रीबाट यो वर्ष अहिले सम्म करिव १ लाख आम्दानी भएको वन समूहकी अध्यक्ष सेनले जनाइन् । विरुवा उत्पादनमा जिल्ला वन कार्यालयले पनि सल्लाह सहयोग गरेको उनको भनाइ छ । अझै आफ्नो नर्सरिमा ४५ हजार बढि घाँसका विरुवा रहेको सेनले जनाइन् । नर्सरि नाइके थमन कुमारि रावलबाट नर्सरिको रेखदेख हुने गरेको वनले जनाएको छ ।

पशुजन्य उत्पादनको उत्पादन लागत घटाउँदै गुणात्मक आहारको आपूर्ति गरी दूध तथा मासुजन्य उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्य अनुसार पशु सेवा कार्यालयले उन्नत जातका घाँस खेतीमा जोड दिदै आएको छ । कार्यालय अन्तर्गत जिल्लाका विभिन्न सेवा कार्यालय मार्फत सुडान, बाज्रा, मकै चरि, रिओसेन्टी, स्टाइलो जस्ता भुँइ घाँसको विउ वितरण भइरहेको कार्यालयले जनाएको छ ।

व्यवशायीक पशुपालन मार्फत जिल्लालाइ मासु र दुधमा आत्मनिर्भर बनाइ किसानहरुको आर्थीक विकासमा टेवा पुर्याउन उन्नत घाँस खेती जरुरी रहेको कार्यालयको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!