आधुनिक सिमी खेतीले राम्रै फल पाएकोमा किसान खुसी

Posted on: 24 Jul, 2017


नन्द बहादुर रोकाया/साउन ९, मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालीका वडा नं ११ का किसान यतिबेला खुसी देखिएका छन । 

बिगतमा गर्ने सिमी खेतीले खासै फल प्राप्त गर्न नसकेका कृषक आधुनि सिमी खेति गर्दा पाएको सफलताले खुसी देखिएका हुन । जिल्लामा रहेको एक गैर सरकारी संस्था नारी उत्थान तथा सचेतनाकेन्द मुगुले छायाँनाथ रारा नगरपालीका वडा नं ११ का किसान लाई आधुनिक खेतीका बारेमा सिकाए संगै किसान आधुनिक सिमीको खेति तर्फ लागेको किसानहरुले बताएका छन । 

बिगतका दिनमा बारीमा सिमि त लगाईन्थायो तर उत्पाद भने खासै नहुने गरेको किसान पार्वती बुढाले बताउनुभयो । सिमी लगाउने बेला जथाबाभि छकिर्ने र गोडमेलमा ध्यान नदिने किसान आजभोली सिमीको बारेमा थाहापाएपछी सिमीको रोप्ने देखि गोडमेलमा लागी परेको उहाँले बताउनु भयो । 

यसै बिच पोषण स्थितीको बारेमा नारी उत्थानले जानकारी गराए संगै पछील्लो समय स्थानीयमा दैनिक खानामा तरकारी खाने बानीको बिकास बढ्दै गहेको पाईन्छ । 

जिल्लाका भिबिन्न क्षेत्रका स्थानीय बिगतका बर्ष हरुमा खनामा तरकाी खाने नगरेको भएपनी पछील्ला समयमा खानमा तरकारी खाने बानीको बिकास हुदैको स्थानीय जानकार हरुको भनाई छ । 

बिभीन्न संघ सस्थाले खनामा नियमित तरकारी खानु पर्छ तरकारी खाएका स्वास्थ लाई हुने फाईदा का बारेमा थाहा पाए संगै पछी बर्षहरुमा तरकारी खाने बानीको बकिास हुदै गहेको स्थानीयले बताएका छन । 

त्यस्तै छायाँनाथ रारा नगरपाली बडा नं ११ की रिउली नेपाली पनी बिगतका बर्ष हरुमा खानमा तरकारी नखाने गरेको भएपनी पछील्लो समय तरकारी नियमित खाने गरेको बताउनु हुन्छ । 

नारीउत्थान तथा सचेतना केन्द्रले पोषणका बारेमा तालीम दिईए संगै आफु नियमित तरकारी खाने गरेको रिउलिको भनाई छ । पोषण स्तथिमा सुधार ल्याउने भन्दै नारी उत्थान तथा सचेतना केन्दले छायाँनाथ रारा नगरपाली बडा नं ११ मा किसान हरु लाई  सिमी तथा दाँते ओखरका बिरुवा समेत बितरण गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!