बाढीले केराखेती नष्ट

Posted on: 28 Jul, 2017

साउन १३, राजविराज । एक महिना अगाडि सप्तकोशी नदीमा आएको बाढीका कारण भारदहमा लगाइएको अधिकांश केराखेती नष्ट भएको छ । 

सप्तकोशी नदीकै छेउछाउमा रहेको हनुमानगर कंकालनी नगरपालिका–१ लगाइएको केराखेती नष्ट भएको हो । करिब ५०० बिगाहामा लगाइएको केराखेती नष्ट भएको स्थानीय कृषक दिनेश राउतले बताउनुभयो । 

बाढी खेतमा पसेपछि यहाँ लगाइएको केराका बोट नष्ट भएको छ । बाढीले भारदहको विभिन्न स्थानमा लगाइएको केराका बोट सुक्न थालेको कृषक इन्द्रदेव लोगी बताउनुहुन्छ । एक बिगाहा जग्गामा केराखेती गर्न रु दुई लाखभन्दा बढी लागत लाग्छ । केराखेती नष्ट हुँदा कृषक मारमा परेका छन् । 

यस्तै सप्तरीको हनुमाननगर योगिनीमाई नगरपालिका–२ कोशी पलारमा लगाएको केराखेती समेत बाढीका कारण नष्ट भएको छ । सो क्षेत्रमा करिब ४०० बिगाहामा केराखेती गरिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!