प्युठानका किसानलाई अनुदानमा ५४ वटा हाते ट्रयाक्टर हस्तान्तरण

Posted on: 12 Aug, 2017

साउन २८, प्यूठान । कृषि उत्पादनमा आधुनिक प्रबिधी सहित उत्पादन बृद्धि गरी जिल्लालाइ आत्मनिर्भर बनाउने उदे्श्यका साथ भित्रिएको कृषि कार्यक्रम अन्र्तगत जिल्ला कृषि विकास कार्यालय प्युठानले अनुदानमा कृषकलाई ५४ वटा हाते ट्रयाक्टर वितरण गरेको छ । 

उक्त ट्याक्टरहरु कुनै ८० प्रतिशतमा र अधिकांश भने ५० प्रतिशत अनुदानमा वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय जनाएको छ ।

कार्यालयले आ.व. ०७३ अन्तिम समयमा करिब ८० लाखको अनुदानमा वितरण गरेको हो । 

कृषि प्रसारबाट ६ वटा हाते ट्रयाक्टर, २ वटा रोटाभेटर, ३ वटा हाते पङखा, ८ वटा पावर टिरल, ११ वटा मिनि टिलर, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ११ वटा साना ट्रयाक्टर, ३ वटा ठुला ट्रयाक्टर र खाद्य सुरक्षाबाट १० वटा पे्रसर ट्रयाक्टर सहित जम्मा ५४ वटा ट्रयाक्टर उपलब्ध गराएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत अमर बहादुर विष्टले जानकारी दिए ।

प्यूठानका बरिष्ठ कृषि विकास अधिकृत मधुसुधन घिमिरेले भने –‘खेतबारी जोत्नका लागि प्रयोग हुने हाते ट्रयाक्टरको माग पनि उच्च रहेको छ ।’ यसैबीच विभिन्न संस्था र समूहका कृषकलाई ५० प्रतिशत अनुदानमा ६० क्वीन्टल धानको बीउ र ४० क्वीन्टल मकैको बीउ उपलब्ध गराएको अधिकृत घिमिरेले बताए ।

हाल प्युठानमा ६ हजार ५ सय २५ हेक्टरमा धान खेती हुँदै आएको छ । माडी बेल्टलाई मकै उत्पादनको पकेट क्षेत्र घोषणा समेत गरिएको छ । उक्त क्षेत्रका कृषकहरुले यसै वर्ष देखि आधुनिक प्रविधि अपानाएर मकै खेती र धान खेतीमा लागेका छन् । राधिका भुसाल/स्वर्गद्वारी अनलाइनबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!