पछिल्लो समय दार्चुलामा दूध उत्पादन घट्यो

Posted on: 18 Aug, 2017

लोकेन्द्र प्रशाद जोशी/भदौ २, दार्चुला । पछिल्लो समय दार्चुलामा दूध उत्पादन घटेको जिल्ला पशु सेवा कार्यालय दार्चुलाको तथ्याङ्कले देखाएको छ । 

आर्थिक बर्ष २०७२÷७३ मा २२ हजार २ सय ४० मेट्रीकटन दुध उत्पादन भएकोमा गत आर्थिक बर्ष २०७३÷७४ मा १५ हजार ४ सय ७३ मेट्रिकटन मात्र दुध उत्पादन भएको कार्यालयको तथ्याङक छ ।

दार्चुला जिल्लामा गत आर्थिक बर्ष २०७३/७४ मा भैसीको संख्या ३० हजार ७ सय ७९ र गाईको संख्या ६८ हजार ५ सय ३२ रहेको थियो ।

दार्चुला जिल्लामा दुध उत्पादनमा कमी आउनुमा पशु आहाराको कमी, भैसीको संख्या घट्नु भैंसी पालनमा रहेका कृषकहरु अर्को पेशातिर आकर्षित हुनु एक पटक भैंसी बाँझो रहेमा बेच्ने प्रबृत्तिले गर्दा पनि दूध उत्पदानमा ह्रास आएको जिल्ला पशुसेवा कार्यालय दार्चुलाले जनाएको छ ।

समग्रमा दार्चुला जिल्लामा पशु सेवा कार्यालयको तथ्यांक हेर्दा गतबर्षको तुलनामा दुध, मासु, अण्डा, लगायतका पशु तथा पशुजन्य बस्तु घट्दै गएका छन् भने छाला उत्पादन बृद्धि भइरहेको जिल्ला पशु सेवा कार्यालय दार्चुलाका पशु चिकित्सक निमित्त कार्यालय प्रमुख मोहनदेब भट्टले बताउँनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!