सिंचाई कुलो बनेपछि कृषक हर्षित

Posted on: 11 Feb, 2016

प्रकाश धौलाकोटी/माघ २८, तेह्रथुम । वर्षेनि खडेरी बढेर सिंचाईकालागि समस्या बेहोर्दै आएका तेह्रथुमको सुदापका किसानहरु सिंचाई कुलो बनेपछि हर्षित भएका छन् ।

गाउँ नजिकको छिपुवा खोलाबाट बालीनाली सिंचाईकालागि कुलो निर्माण भएपछि सुदाप गाविसको वार्ड नं.४ र ९ का डेढ सय बढी घरधुरी किसान लाभान्वित भएका हुन् ।

गरिबी निवारण कोषको सहयोगमा कृषकहरुले श्रमदानसमेत गरी सुदाप–४ मा रैकर कुलो र सुदाप–९ मा कमानसिं कुलो निर्माण गरी सन्चालनमा ल्याएका हुन् । कुलो निर्माणपछि किसानले लगाउने हिउँदे बाली, तरकारी, फलफुल तथा नगदे बालीमा सिंचाई गर्न राहात पुगेको कमानसिं कुलो निर्माण समितिका अध्यक्ष टेकराज आंखेवाले बताए ।

प्रर्याप्त पानी नहुँदा आकाशे पानीको भर पर्नुपर्ने बाध्यता रहेको यहाँका कृषकहरुलाई कुलो सन्चालनमा आएपछि राहत भएको उनले बताए । कुलो संचालनमा आएपछि कृषकहरुमा हिउँदे बाली लगाउने जोस् जाँगर समेत देखिएको छ । सिंचाई गर्न पाउनेभएपछि किसानहरुले तरकारी, फलफुल जस्ता बाली लगाउन सुरु गरिसकेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!