प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना लागू

Posted on: 04 Nov, 2017

कत्तिक १८, कालीकोट | सान्नित्रिवेणी गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना लागु गरिने भएको छ । कृषिमा गाउँपालिकालाई आत्मनिर्भर बनाउन परियोजना लागु गरिएको हो । परियोजना अन्तर्गत नगदे बालीमा जोड दिइने छ । त्यसका लागि कृषिमा आत्मनिर्भर बनाउन ओखर, स्याउ, सुन्तला खेतीको पकेट क्षेत्र बनाएर कार्यक्रम लागु गरिने छ ।

प्रधानमन्त्री कृषि आधुनिक परियोजना अन्र्तगत गाउँपालिका बिभिन्न क्षेत्रहरुलाई कृषि पकेट क्षेत्र निर्धारण गर्ने, स्याउ ओखर, आलु, सुन्तला खेतीका पकेट क्षेत्रको निर्धारण गरिने गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । ‘गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन परियोजनाको औपचारिक रुपमा लागु गरिएको छ’ उनले भने, ‘आलु, सुन्तला, स्याउ र ओखर खेती गर्ने तयारी थालेका छौं ।’

गाउँपालिकाले पहिलो आत्मनिर्भर बन्नका लागि पहिलो प्राथामिकता कृषिलाई मानेका कारणले प्रधानमन्त्री कृषि आधुनिककरण परियोजना थप सहयोग पुगेको छ । ‘हाम्रो गाउँपालिकाको पहिलो प्राथामिकता कृषि नै हो’ उनले भने, ‘त्यसका लागि यो परियोजनाले थप सहयोग पुगेको छ ।’ गाउँपालिका कार्यकारी अधिकृत दुर्गबहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीको प्रमुख आतिथ्यता र गाउँपालिका कृषि शाखा अधिकृत पर्शुराम काफ्लेले सहजीकरण गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!