मुगुमा २९ जना किसानलाई बीमा दावी रकम भुक्तानी

Posted on: 08 Jan, 2018

नन्द बहादुर रोकाया | पुस २४, मुगु | मुगु जिल्लाका २९ जना स्याउ किसानहरुलाई स्याउ खेती बीमा दावी रकम भुक्तानी दिईएको छ । 

शिखर ईन्स्योरेन्स मुगुमा  मौसममा आधारित स्याउ खेती बीमा गरेका २९ जना किसानहरुलाई रकम प्रदान गरीएको हो । मुगु जिल्लामा पहिलो पटक ६५ जनाले स्याउ खेतीको बीमा गरेकोमा ४१ जनाले बीमा दावी गरेका थिए । पहिलो चरणमा २९ जनाले बीमा भुक्तानी चेक पाएका छन् भने १२ जनाको दुई साता पछि भुक्तानी पाउने शिखर ईन्स्योरेन्स मुगुशाखाले जनाएको छ । 

आज भुक्तानी पाउने किसानहरुले बीमा गरे अनुसार २ हजार ९ सय देखि ८ हजार ७ सय सम्म स्याउ किसानहरुले भुक्तानी पाएका छन् भने जम्मा १ लाख ३१ हजार ७ सय उनन्चालिस रुपैयाको बीमा रकम भुक्तानी गरिएको बताईएको छ । मुगु जिल्लामै पहिलो पटक यसरी कृषि बीमा अन्तर्गत स्याउ खेतीको बीमा पाउदा बर्षेनी खडेरी तथा असिना जस्ता प्राकृतिक प्रकोपबाट पिडित किसानहरुलाई साह्रै ठुलो राहत भएको छ छायाँनाथ रारानगरपालीका वडा नं ४ का किसान मणिचन्द्रभामले बताउनुभयो । 


उहाँका अनुसार बीमा गर्नका लागि कर्मचारी घरमै आएपछि खै हेरौ न भनेर थोरै बुटाको बीमा गरीयो आखिर रकम प्राप्त भएपछि सिङ्गै बगैचाको गर्नुपर्ने रैछ भन्दै किसानहरु एकातिर खुसि हुनुका साथै अर्को तिर पछुतोमा समेत परेका भामको भनाई छ । यसैबिच मुगुमा शिखर ईन्स्योरेन्सले कृषि बीमा पशु बिमाका साथै घर‚ गोदाम‚ पसल‚ सवारीका साधनहरु समेत बीमा गर्दै आएले बिमा गरी आपनो सम्पितको सुरक्षा गर्न आग्रह गरीरहेको छ । शिखर ईन्स्योरेन्सले  बिगत एक बर्ष देखि मुगुमा पनि निजिवन बिमा गर्दै आएकाले आफ्नो सम्पतिको सुरक्षाका लागी बिमा आबश्यक भएकाले  शिखर ईन्स्योरेन्स मुगुमा आई बिमा गर्न सकिने  कार्यलय प्रमुख रामलक्ष्मी मल्लको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!