नुवाकोटमा कृषि उपज हाट बजार आजबाट सुरु

Posted on: 22 Jan, 2018

सरस्वती अधिकारी / माघ ८, काठमाडौं  | नुवाकोटको विदुरमा हरेक सोमबार कृषि उपज हाट बजार लाग्ने भएको छ  | उद्योग बाणिज्य संघ नुवाकोटको आयोजनामा आजवाट बाट कृषि उपज हाट बजारको  शुरु भएको हो | 


किसानले उत्पादन  गरेका  कृषि उपजलाई बजारीकरण गर्न सहज गर्ने उदेश्यले हाट बजारको आयोजना गरिएको  उद्योग बाणिज्य संघ नुवाकोटले जनाएको छ | 

 कृषक र ब्यापारी बीच एक आपसमा जोड्ने उदेश्यले आयोजित उक्त हाट बजारको उद्घाटन स्थानीय जिल्ला बिकास अधिकारीले गरेका थिए  | 


प्रत्येक गाउँपालिकाको किसानलाई समेट्ने गरि आयोजना गरिएको सो  हाट बजारमा   बिभिन्न कृषि सामग्री प्रदर्शनीमा राखिएको थियो |कृषि  उपज हाट बजारले कृषि सामग्री हरुको  बजारीकरण गर्न सहयोग  पुग्ने कृषक माधब अधिकारिले बताउनुभयो |  


यस बिषयमा तपाइको प्रतिक्रिया...!