नवलपरासीमा ३ दिने ब्यवसायिक बाख्रापालन तालिम सम्पन्न

Posted on: 07 Feb, 2018

श्याम थापा | माघ २४, सुस्ता | सुस्ता गाउँपालिका पशु शाखाँ कार्यालय कुडियाको आयोजनामा ३ दिने ब्यवसायिक बाख्रा पालन तालिम नवलपरासीको सुस्ता गाउँपालिका कार्यालय कुडियाको सभा हलमा सम्पन्न भएको छ । 

तालिमको एक कार्यक्रम गरि समापन गरिएको थियो । सुस्ता गाउँपालिकाका कार्यकारी अधिकृत जिवलाल श्रेष्ठको अध्यक्षतामा र जिल्ला पशु कार्यालयका पशु बिकास अधिकृत शिव प्रकाश आर्चायको प्रमुख अतिथ्यतामा भएको थियो । 

तालिममा सुस्ता गाउँपालिकाका वडा न.१ देखी वडा न.५ सम्म गरि २० जना बाख्रा पालन गर्ने ब्यवसायिक कर्मीहरुको सहभागिता रहेको थियो । 

तालिमको सहजिकरण तथा प्रशिक्षण जिल्ला पशु कार्यालय नवलपरासीका पशु बिकास अधिकृत शिव प्रकाश आर्चाय,सुस्ता गाउँपालिका कृषि शाखा कार्यालयका कृषि प्राधिक दिनानाथ ढकाल र मिलन गौतमले प्रशिक्षण दिनु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!