टुटा कीराले सतायो किसानलाई

Posted on: 24 Feb, 2018

फागुन १२, ललितपुर । तरकारीमा लाग्ने टुटा कीरा (पात खन्ने कीरा)का कारण किसान हैरान छन् । 

सो कीराका कारण पात बिग्रिने कृषि विभाग, प्लान्ट क्वारेन्टाइन कार्यक्रमका वरिष्ठ बाली संरक्षण अधिकृत लक्ष्मीप्रसाद खरेलले बताए । पहिले भुसुना जस्तो हुने यो कीरा पछि लार्भाजस्तो स्वरुप बनाउँछ । कीराले असर गरेको पातबाट थाहा हुने भए पनि किसानले थाहा पाउँदासम्म बालीमा नोक्सान गर्छ । 


सो कीराले आक्रमण गर्दा ७० प्रतिशतसम्म उत्पादन नोक्सान गर्छ । उनी भन्छन्, “पहिले एक÷दुईथरी तरकारीमा भए पनि अहिले यो रोग धेरैमा फैलिएको छ ।” 

झण्डै चार वर्ष पहिले भित्रिएको सो रोग अहिले ३५ जिल्लामा फैलिसकेको खरेल बताउँछन् । पहिले दक्षिण अफ्रिकामा देखिएको सो समस्या अफ्रिकाबाट भारत हुँदै नेपाल भित्रिएको हो । 

गोलभेँडा वा त्यही प्रजातिका तरकारीबाट सो रोग नेपाल भित्रिएको उनी बताउँछन् । रोग भएका बाली वा बिरुवा नभित्र्याउन कार्यालयका १६ नाकामा जाँच कार्यालय छन् । बीउबाट मात्रै नभएर फल नै ल्याउँदा समेत रोग सर्ने गर्दछ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!