झापाका गौतम गाईपालनबाटै मासिक लाख भन्दा बढी कमाउछन

Posted on: 22 Mar, 2018

चैत ८, झापा | स्वदेशमा रोजगारको अवसर नभएपछि खाडी मुलुकमा गएर पसिना बगाउने युवाको संख्या धैरै छ । दिनहुँ सयौँ युवा रोजगारीका लागि विदेशिने गरेका छन् । विदेशिएका युवा स्वदेश फर्किएर आत्मनिर्भर बन्ने क्रम पनि बढ्दै गएको छ । 

कनकाई नगरपालिका सुरुंगाका ४२ वर्षीय डण्डीपाणि गौतम स्वदेश फर्किएपछि पशुपालन व्यवसायबाट आत्मनिर्भर बन्नुभएको छ । युएईमा सात वर्ष श्रम गरेर गौतम स्वदेशमै केही गर्नुपर्छ भनेर फर्किनुभयो । 

“स्वदेशमै केही गर्नुपर्छ भनेर आएँ,” उहाँले भन्नुभयो । अहिले गाईपालनबाट मनग्य आम्दानी गर्न थालेको गौतम बताउनुहुन्छ । उहाँले रु २५ लाखको लागतमा प्रतीक पशुफार्म दर्ता गरेर गाईपालन गर्दै आउनुभएको छ । फार्ममा हाल ३० वटा साना–ठूला गाई छन् । दैनिक २०० लिटर दूध उत्पादन हुन्छ ।

“गोठबाटै प्रतिलिटर रु ६० मा दूध बिक्री हुन्छ,” उहाँले भन्नुभयो । गौतमले १२ बिघा जमिनमा घाँस, मकैलगायत खेती गर्दै आउनुभएको छ । दूध, गाईको गोबर र बाच्छा–बाच्छी बिक्री गरेर उहाँले मासिक रु एक लाख २० हजारसम्म बचत गर्दै आउनुभएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!