पाँचथरमा असिनाले तरकारीबालीमा ५ लाख बराबरको क्षति

Posted on: 26 Mar, 2018

जितेन्द्र भण्डारी/चैत्र १२, पाँचथर | हावाहुरीसँगै परेको असिनापानी कारण पाँचथरको फिदिम नगरपालिका वडा नम्बर २ साम्दिनमा तरकारीबालीमा क्षति पुर्याएको छ।

कृषकहरुले लगाएको तरकारीवालीमा असिनाले क्षति पुरयाउँदा ५ लाख रुपैया वरावरको क्षति पुरयाएको कृषक भवानी काफलेले बताउनुभयो ।

यस्तै आँप,सुन्तला,लिचीमा फल लाग्दै गरेको समेत असिनाले झारेर सखाप बनाएको उहाँले बताउनुभयो ।

यस्तै पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ३ स्थित कान्छीदोकान,लालीखर्क लगायतका स्थानमा कृषकरुले लगाएको उम्रन लागेको आलु र मटरमा क्षति पुरयाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!