सल्यानको कपुरकोटमा ३० जना किसानलाइ बाख्रा वितरण

Posted on: 03 May, 2018

बैशाख २० सल्यान। विपन्न वर्गका किसानको आयआर्जनमा बृद्धि गर्ने उद्देश्यले सल्यानको कपुरकोट गाउँपालिकाले बाख्रा वितरण गरेको छ । कपुरकोट ३ मा रहेको जागृती मिश्रीत बाख्रापालन समूहका किसानलाइ उन्नत जातको बाख्रा (पाठी) वितरण गरिएको हो ।


३० जना किसानलाइ जमुनापारिको क्रस जात वितरण गरिएको गाउँपालिकाले जानकारि दिएको छ ।

जसका लागी गाउँपालिकाले तीन लाख रुपैयाँ खर्च गरेको छ । अनुदान दिइएको बाख्राबाट किसानको जीवनस्तर माथी उठाउन टेवा पुग्ने विश्वास व्यक्त गर्दै गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले बाख्रा पालन सजिलो पेशा भएको र राम्रो आयआर्जन गरि अरुका अघि उदाहरणिय बन्न किसानहरुलाइ आग्रह गरेका छन् ।

बाख्रा हस्तान्तरण गर्दै सेनले भने, ‘अनुदानमा पाएको बाख्राको स्याहार सुसार गरी यसबाट वर्षेनी राम्रो आम्दानी गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’  

जागृती मिश्रीत बाख्रापालन समूहका अध्यक्ष तारासिंह खड्काले आफ्नो समूहका विपन्न किसानलाइ गाउँपालिकाले बाख्रा उपहार दिएकोमा खुसि व्यक्त गर्दै नमुना कृषक समूह बनाउने उद्देश्यमा आफुहरु लागेको बताए ।

तीन नम्बर वडा बाख्रा पालनका लागी उपयुक्त वातावरण भएको वडा रहेको बताउँदै उनले व्यवशायीक रुपमा बाख्रापालन व्यवशाय अघी बढाउन उन्नत जातको बोका पनि आवश्यक रहेको जनाए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!