नदी किनारमा सुन टिप्दै (भिडियो)

Posted on: 05 May, 2018

प्रभात सुवदी । बैशाख २२, बर्दिया । 

आज शनिबार विहानै गुलरिया नगरपालिकासँगै जोडिएको भादा नदीको किनारमा महेन्द्रको खेतमा आठ/दश जनाको घुर्ईचो लागिसकेको थियो । 


यसरी खेतमा नै मानिसहरुको भीड अरु कुनै कारणबाट हैन कि उनले फलाएका विभिन्न जातका तरकारीहरु ताजा रुपमा किन्नका लागि भएको थियो । तरकारी किन्नका लागि मानिसहरुको हानथाप नै थियो । लाग्थ्यो उनको बारीमा सुन फलेका छन् उनी टिपेर बेचिरहेका छन् । 

गुलरिया वडा नं. ८ कोठियागाउँ निवासी महेन्द्र थारु आफ्नै जग्गामा तरकारी खेती शुरु गरेपछि उनको दैनिकीका साथै जीवनस्तर पनि बदलिएको छ । जम्मा १४ कठ्ठा जग्गा मध्ये नदीले कटान ९ कठ्ठा कटान गरेपछि बाँकी रहेको ९ कठ्ठामा वहाँ र वहाँका घरपरिवारले मिलेर तरकारी खेती गर्नुभएको हो । शनिबार गुलरियाको हाटबजारमा तरकारी बेच्नका लागि लैजान परिवारका सदस्यहरु मिलेर तरकारी टिप्दै हुनुहुन्थ्यो महेन्द्र । 

तरकारी खेतीबाट मनग्गे आम्दानी लिन सकिने भएपनि गुणस्तरीय बीऊ, मल तथा पर्याप्त सिंचाईको अभावका कारण अपेक्षित उपलब्धी हासिल गर्न नसकिएको वहाँ वताउनुहुन्छ । 

कुनै संघ संस्थाले बीऊबीजन दिने भएपनि चारा जस्तै बीउ दिने हुँदा निकै थोरै हुने र त्यसले काम नचलेका कारण आफैले लगानी गरेर बीउबीजन किन्ने गरेको वहाँ वताउनुहुन्छ । 

अहिले वहाँको बारीमा बोडी करेला, भिण्डी, फर्सी, काँक्रा, लौका, टमाटर, भेण्टा, खुर्सानी लगायतका तरकारीहरु देख्न सकिन्छ । आफ्नो श्रम बाहेक करिव १० हजारको लगानी गरिसकेकोमा यस वर्ष गत वर्ष भन्दा अलि आम्दानी हुने बताउनुहुन्छ । गत वर्ष खासै आम्दानी नभएको तर अहिले भने टमाटर र आलुबाट मात्रै पचास हजार आम्दानी गरेको वहाँ बताउनुहुन्छ भने यसपाली भने अझै बढी आम्दानी हुनेमा वहाँ आशावादी हुनुहुन्छ ।  

दिनमा त कुर्न सकिने तर रातीमा कुर्न बस्न अलि नसकिने भएकोले तरकारीहरु चोरी गरेर लैजाने गरेको वहाँ बताउनुहन्छ । यसका साथै नजिकमा बोर नभएकाले सिँचाईको अभाव हुने गरेको र वर्षेनी आउने बाढीका कारण जमीन कटान गरिदिने भएकोले पनि महेन्द्र निकै चिन्तित देखिनुहुन्छ । 

नजिकै तटबन्धन निर्माण गरिएतापनि माटाको तटबन्धनले नदीको बहाव नरोकिने भएकोले नदी व्यवस्थपनका लागि स्थायी निकास खेजिनु पर्ने देखिन्छ । 

भिडियो हेर्नुहोस् 



यस बिषयमा तपाइको प्रतिक्रिया...!