'कलेजका साथीहरुकै अगाडी तरकारी बेच्छौँ, गरेर खान केको लाज ?' (भिडियो सहित)

Posted on: 02 Jul, 2018

असार १८, काठमाडौँ | विदेशिने युवाहरुलाई चुनौती दिंदै कलेज पढ्दै गरेका युवाहरु कृषि पेशामा आवद्ध छन् । गोरखाको भिमसेन थापा गाउँपालिका २ का कृषक दोल प्रसाद भट्टराईको परिवार यतिखेर काठमाडौँ स्थित तारकेश्वर नगरपालिका ५, गोलढुंगामा तरकारी खेति गर्दैछन् । 


टमाटर खेति गरेरै ९ जनाको परिवार पाल्दै आएको बताउने भट्टराई परिवार भूकम्प पछी काठमाडौँ आएर खेति गर्दै मनग्गे आम्दानी गर्दैछन् । भट्टराईले बताए अनुसार उनले गोलभेडा खेति गरेर एक बर्षमै लगानी उठाएको बताउछन् । भट्टराईका तीन छोरा मध्ये एक गोरखा जिल्ला स्थित भिमसेन थापा गाउँपालिका २ का वडाअध्यक्ष छन् भने बाँकी २ छोराहरु कृषिमै आवद्ध भएर काम गर्दै आएका छन् । 


उनीहरु बिहानै ४ बजे उठेर काठमाडौँको माछापोखरी पुगेर तरकारी बिक्रि गर्छन र उतैबाट कलेज गएर फर्केपछि दिनभरी आफ्नो फार्ममा काम गर्छन् । नेपालटार स्थित एनआर कलेजमा स्नातक पढ्दै गरेका युवाहरु कृषि गर्दा कुनै लाज नभएको बताउछन् ।

हेरौं यस सम्बन्धि साझा सबाल मिडियाले तयार पारेको भिडियो: 


यस बिषयमा तपाइको प्रतिक्रिया...!