भोजपुरको बाइस वडामा अलैँची जोन कार्यक्रम

Posted on: 08 Oct, 2018

असोज २२, भोजपुर | जिल्लाका चार स्थानीय तहका २२ वडामा अलैँची जोन कार्यक्रम लागू हुने भएको छ । 

अलैँची जोन क्षेत्र निर्धारणका लागि बसेको सरोकारवालाको भेलाले सो निर्णय गरेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाइ खुमलटार ललितपुरले आयोजना गरेको सो छलफलमा भोजपुर नगरपालिकाको वडा नं १ र २ हेलौउछा, ३ गुप्तेश्वर, ४ सिद्धेश्वर, ५ बोखिम, आठ पोखरे, ९ काफ्ले, १० भैँसीपङ्खा र वडा नं ११ आम्तेकमा अलैँची जोन क्षेत्र लागू गर्ने निर्णय गरेको हो । 

यस्तै षडानन्द नगरपालिका– ९ किमालुङ, वडा नं १० साङपाङ र वडा नं १३ बोयामा अलैँची जोन कार्यक्रम लागू हुने भएको छ । टेम्केमैयुङ गाउँपालिकाको वडा नं ६ बाहेकका सबै वडा, रामप्रसाद राई गाउँपालिका– १ ओख्रे र अरुण गाउँपालिका–२ चम्पे गरी जिल्लाभर २२ वडामा अलैँची जोन कार्यक्रम लागू गरिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका वरिष्ठ कृषि इञ्जिनियर सरोज अधिकारीले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!